४ बैशाख २०८३, शुक्रबार
कोशेढुङ्गा : सिनेमाघरमा दर्शकको उत्साह, गाउँ र विदेशको कथा मन छुने
शनिबार, भाद्र १४ २३:१०

कोशेढुङ्गा : सिनेमाघरमा दर्शकको उत्साह, गाउँ र विदेशको कथा मन छुने

धनगढी– भदौ १२ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म कोशी ढुङ्गाले रिलिजसँगै दर्शकमाझ उत्साह जगाएको छ। विभिन्न सहरका हलमा दर्शकहरूको भीड देखिन थालेको छ भने फिल्म हेरिसकेकाहरूले सामाजिक सञ्जालदेखि प्रत्यक्ष प्रतिक्रियासम्म सकारात्मक भनाइ व्यक्त गरेका छन्। त्यस्तै धनगढीको पनि sts cinemaमा पनि दर्शकहरूको उत्साह देखिएको छ।

निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको यस फिल्मले गाउँको जीवनशैली र विदेश पलायनले ल्याउने संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। दैनिक जीवनसँग मेल खाने यथार्थ कथा, दमदार अभिनय र मौलिक लोकेसनमा खिचिएका दृश्यले दर्शकलाई आकर्षित गरिरहेको छ।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल झकेन बिसी लगायतका कलाकारको अभिनयलाई दर्शकले विशेष प्रशंसा गरेका छन्। दर्शकहरूको भनाइअनुसार, कोशी ढुङ्गा हेर्दा आफ्नै परिवार र गाउँको कथा सम्झना हुने अनुभूति हुन्छ।

निर्माता प्रेविल कँडेल र किशोर अनुराग, कार्यकारी निर्माता दिनेश खड्कासहितको टिमले फिल्मलाई देश–विदेश दुवै दर्शकलाई लक्षित गरेर तयार पारेको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि उत्साहजनक माग भइरहेको यस फिल्मलाई सेभेन सिज इन्टरनेसनलमार्फत ४० भन्दा बढी देशमा प्रदर्शनको तयारी गरिएको छ।

Sharing is caring!

Latest News

जेसिज एभरेष्ट पूर्वविद्यार्थी संघको अध्यक्षमा पुनः खेमराज जोशी, १५ लाखको अक्षयकोषमार्फत विपन्न विद्यार्थीलाई छात्रवृत्ति
शनिबार, भाद्र १४ २३:१०
एसपीए कलेजको क्याम्पस प्रमुखमा सह–प्राध्यापक बुधराम चौधरी नियुक्त
शनिबार, भाद्र १४ २३:१०