२२ चैत्र २०८२, आईतवार
जेन्जी आन्दोलनपश्चात् क्षतिग्रस्त गौरीगङ्गा नगरपालिकालाई चैतन्य पाठशालाको सहयोग
बिहीबार, आश्विन २ १६:४७

जेन्जी आन्दोलनपश्चात् क्षतिग्रस्त गौरीगङ्गा नगरपालिकालाई चैतन्य पाठशालाको सहयोग

धनगढी । हालसालै देशभर भएको जेन जी आन्दोलनका क्रममा कैलालीको गौरीगङ्गा नगरपालिकामा सार्वजनिक सम्पत्ति, कार्यालय र उपकरणहरूमा क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित चैतन्य पाठशालाले एक थान प्रिन्टर सहयोग गरेको छ।

आन्दोलनका क्रममा आक्रोशित भीडले नगरपालिकाको कार्यालयमा आगजनी गरेको थियो । आगलागीका कारण नगरपालिका क्षतिग्रस्त बनेपछि तत्कालीन राहत तथा पुनर्निर्माणमा हातेमालो गर्ने उद्देश्यले विद्यालयले सहयोग गरेको हो।

सहयोग सामग्री विद्यालयका प्रतिनिधिहरूले गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेश प्रसाद जोशी, चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी र सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत दीपक उपाध्याय नेपालको सहभागिता रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत केसीले आन्दोलनका कारण देखिएका क्षति तत्काल मर्मत र व्यवस्थापन गर्न कठिन भएको बताउँदै चैतन्य पाठशालाले गरेको सहयोगले नगरपालिकालाई राहत मात्र नभई समाजलाई जोड्ने सकारात्मक सन्देश दिएको धारणा राखे। उनले विद्यालयले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएकोमा प्रशंसा गर्दै अन्य संस्था र सङ्घ–संस्थाले पनि यसरी सहयोगका हात अघि बढाउने विश्वास व्यक्त गरे।

चैतन्य पाठशालाले यसअघि पनि विभिन्न विपद्, महामारी तथा सामाजिक अभियानहरूमा सहयोग गर्दै आएको छ। विद्यालय प्रशासनले आगामी दिनमा पनि आवश्यकता अनुसार योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

जेन्जी आन्दोलनले देशभर अनेकौँ चुनौती र क्षति बोकेर आए पनि चैतन्य पाठशालाको यो कदमले समुदायलाई सहकार्य र सहअस्तित्वको सन्देश दिएको छ। समाज र राष्ट्र निर्माणमा शैक्षिक संस्थाहरूको भूमिकालाई उजागर गर्ने यो उदाहरणीय कार्यले अन्य विद्यालय र संस्थाहरूसमेतलाई प्रेरित गर्ने विश्वास गरिएको छ।

Sharing is caring!

Latest News

जिल्ला प्रशासन र मालपोत कार्यालयलाई सुनचाँदी व्यवसायी संघ कैलालीको सहयोग
बिहीबार, आश्विन २ १६:४७
स्टेपिङ स्टाेन तेक्वान्डो डोजाङ्गद्वारा जेन्–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली
बिहीबार, आश्विन २ १६:४७