१२ बैशाख २०८३, शनिबार
‘बलिदान’ अग्रस्थानमा, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ ले पनि कमाइमा निरन्तरता
बुधबार, आश्विन २२ २०:११

‘बलिदान’ अग्रस्थानमा, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ ले पनि कमाइमा निरन्तरता

धनगढी ,फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आएका तीन नेपाली चलचित्र — ‘बलिदान’, ‘माइतीघर’‘हरिबहादुरको जुत्ता’ — का पछिल्ला बक्स अफिस कलेक्सन सार्वजनिक भएका छन्।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, आठ दिनको प्रदर्शन अवधि (राति ११:५५ बजेसम्म) मा अभिनेता समिर भट्ट अभिनित ‘बलिदान’ ले सबैभन्दा धेरै कमाइ गरेको छ। चलचित्रले देशव्यापी रूपमा ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ ग्रस कलेक्सन गर्दै अग्रस्थान कायम गरेको छ।

‘बलिदान’लाई नजिकबाट पछ्याइरहेको छ ‘हरिबहादुरको जुत्ता’। अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको यस चलचित्रले आठ दिनमा ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँ कमाएको छ। यी दुई चलचित्रबीच करिब ५० लाख रुपैयाँको ग्रस अन्तर देखिएको छ।

त्यस्तै, अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा) अभिनित ‘माइतीघर’ ले आठ दिनमा २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

यद्यपि ‘बलिदान’ कमाइको हिसाबले अगाडि देखिए पनि, ठूलो बजेटमा बनेको चलचित्र भएकाले लगानी उठाउन चुनौतीपूर्ण देखिएको छ। करिब ६ करोड लागतमा बनेको भनिएको यस चलचित्रले लगानी सुरक्षित गर्न कम्तीमा १४ करोड ग्रस कलेक्सन गर्नुपर्ने बताइन्छ।

ग्रस कमाइको केवल आधा हिस्सा मात्रै निर्माताको भागमा पर्ने र त्यसबाट पनि कर तिर्नुपर्ने भएकाले, ओभरसिज र डिजिटल राइट्स बिक्रीबाट मात्र चलचित्रले सुरक्षित मोडमा पुग्न सक्ने अनुमान गरिएको छ। अन्यथा, उच्च हाइपका बाबजुद पनि ‘बलिदान’ लाई फ्लप ठहरिने जोखिम देखिएको छ।

अरू दुई चलचित्र—‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’—ले भने तुलनात्मक रूपमा कम बजेटमा निर्माण भएकाले, हालको रफ्तारमा व्यापार कायम राखे लगानी सुरक्षित गर्न सक्ने अनुमान गरिएको छ।

Sharing is caring!

Latest News

चलचित्र ‘लालीबजार’स्थानीय कलाकारहरू लागि आवेदन खुला
बुधबार, आश्विन २२ २०:११
‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक, ३१ असोजदेखि देशभर प्रदर्शन
बुधबार, आश्विन २२ २०:११