१२ बैशाख २०८३, शनिबार
‘झरीपछिको इन्द्रेणी’ ट्रेलर सार्वजनिक, जेनजी आन्दोलनको कथा पृष्ठभूमि
आईतवार, मंसिर २१ २१:३५

‘झरीपछिको इन्द्रेणी’ ट्रेलर सार्वजनिक, जेनजी आन्दोलनको कथा पृष्ठभूमि

काठमाडौं । हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशनमा बनेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा भएको कार्यक्रममार्फत २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरले देशमा देखिएको भ्रष्टाचार, गैरकानुनी गतिविधि र बेथितिविरुद्ध उठेको जेनजी आन्दोलनलाई कथाको मूल पृष्ठभूमिमा प्रस्तुत गर्छ। काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको एक युवाको विद्रोह, उसको शिक्षा–सपना र व्यवस्थाप्रति चरम मोहभंग भएपछि उठेको संघर्षलाई ट्रेलरले निकै तीक्ष्ण रूपमा चित्रण गरेको देखिन्छ।
निर्देशक घिमिरेका अनुसार चलचित्रको छायांकन जेनजी आन्दोलन अगावै सकेको भए पनि कथावस्तु कतै मिलेमा त्यो केवल “संयोग” भएको बताउँछन्।
गणेश उप्रेतीको कमब्याक
नागराज इन्टरटेन्मेन्ट प्रालिको निर्माण रहेको यस चलचित्रले अभिनेता गणेश उप्रेतीलाई लामो अंतरालपछि पुनः ठूलो पर्दामा फर्काइरहेको छ। छायांकनका लागि उनी अमेरिकाबाट नेपाल आएका थिए।
चलचित्रमा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे) लगायत कलाकारहरूको अभिनय छ। प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राई पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्।

नयाँ कलाकारहरूको डेब्यु
आगामी पौष ४ गते देशव्यापी प्रदर्शनमा आउने चलचित्रबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवाल रहेकाछन्।

कथा, पटकथा र निर्माण पक्ष
निर्देशक अर्जुन घिमिरे आफैँले कथा लेखेका यस चलचित्रको पटकथा र संवाद गणेश कार्की तथा विशाल घिमिरेले मिलेर तयार पारेका हुन्। चलचित्रकी निर्माता अनिशा सेन्दाङ लिम्बू हुन्।

Sharing is caring!

Latest News

१९औँ सुदूरपश्चिम महोत्सव भोलिदेखि सुरु, अर्थमन्त्री खनालबाट समुद्घाटन, चर्चित कलाकारहरूको बेजोड प्रस्तुति
आईतवार, मंसिर २१ २१:३५
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भीम बिष्ट
आईतवार, मंसिर २१ २१:३५