१२ बैशाख २०८३, शनिबार
फिल्म ‘आ बाट आमा’मा नेवारी गीत समावेश, ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा पनि रेकर्ड
आईतवार, पुष २० १५:२८

फिल्म ‘आ बाट आमा’मा नेवारी गीत समावेश, ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा पनि रेकर्ड

विपना थापा तथा पल शाहको मुख्य भूमिकामा रहेको फिल्म ‘आ बाट आमा’ मा नेवारी गीत समावेश गरिने भएको छ। निर्माण टिमले यस फिल्ममा रहेको चर्चित गीत ‘लैजा खबर ए हावा’ लाई नेवारी भाषामा पनि रेकर्ड गराएको छ।रिलिज भएसँगै चर्चामा आएको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा रेकर्ड गराएका हुन्। गीतको नेवारी भर्सन गायक यमन श्रेष्ठ ले गाएका छन्। बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा गाइएको यो गीतलाई नेवारीमा गाउन पाउँदा आफू निकै खुशी भएको यमनले बताए।‘यो गीत म युट्युबमा पहिल्यैदेखि सुनिरहेको थिएँ। निकै चर्चित पनि भइसकेको छ,’ उनले भने, ‘आ बाट आमाको टिमले यो गीत नेवारी भाषामा पनि गर्नुपर्‍यो भनेर अफर गर्नुभयो। नेवारी शब्द पनि आफैं मिलाउन आग्रह गर्नुभयो। त्यसपछि मैले बुबा मदनकृष्ण श्रेष्ठलाई शब्द अनुवाद गरिदिन आग्रह गरेँ। बुबाले नै यसको नेवारी शब्द तयार गरिदिनुभएको हो।’स्टुडियोमा गीत रेकर्ड गर्ने क्रममा निकै भावुक बनेको अनुभव सुनाउँदै यमनले आफ्नो भन्दा बुबाको नेवारी भाषा बलियो भएकाले सहकार्यमा शब्द तयार गरिएको बताए। युट्युबमा गीत सुन्दा नै भावुक बनेको र फिल्मका दृश्य मनन गर्दै नेवारीमा गाउँदा झन् भावुक भएको उनको भनाइ छ। ‘फिल्ममा त निकै रोएको देखिन्छ, यहाँ गाइरहँदा आफू पनि रोएजस्तै भयो,’ उनले थपे।नेपाली भर्सनमा यो गीत गायक रवि ओड ले गाएका छन्। आफ्नो सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाको मनोभावसँग फिल्मको कथा गाँसिएको छ।निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीसँगै नेवारी भाषामा पनि गीत रेकर्ड गराइएको जानकारी दिए। प्रचारशैलीलाई केही फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको बताउँदै उनले नेवारी गीत मन पराउने स्रोता तथा दर्शकका लागि यो प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे। अन्य भाषामा पनि यो गीत रेकर्ड गर्ने विषयमा छलफल भइरहेको उनले बताए।आर्या इन्टरटेन्मेन्ट को प्रस्तुति रहेको यस फिल्ममा विपना थापा र पल शाहसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ। यतिबेला फिल्मको व्यापक प्रचारप्रसारमा अभिनेता पल शाह, विपना थापा सहित सम्पूर्ण निर्माण टिम जुटिरहेको छ।निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को रहेको छ। गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडा ले गरेका छन्। नवराज उप्रेती डिओपी रहेको यस फिल्मका संवाद अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्त ले सहकार्यमा लेखेका हुन्।फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना को लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्। सम्पादन मिलन श्रेष्ठ ले गरेका छन् भने ट्रेलर र टिजर साहिल खान ले निर्माण गरेका हुन्।आगामी माघ १६ गते बाट प्रदर्शनमा आउन लागेको यो फिल्मको नेपालभित्र प्रदर्शन अधिकार आरआर फिल्म्स सँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल को हातमा रहेको

Sharing is caring!

Latest News

डोटीबाट उदाउँदै एमालेका बलिया दाबेदार दिर्घराज बोगटी : विकासको अनुभव, नीतिगत स्पष्टता र भविष्यको दृष्टि
आईतवार, पुष २० १५:२८
प्रतिनिधिसभा निर्वाचन: डोटीबाट एमालेका उम्मेदवार सिफारिसमा दीर्घ बोगटी अग्रपंक्तिमा
आईतवार, पुष २० १५:२८