७ बैशाख २०८३, सोमबार
अध्यक्षमा उत्तम केसी र सबिन श्रेष्ठबीच प्रतिस्पर्धाको संकेत, अन्य पदमा पनि आकांक्षीहरूको भीड
शुक्रबार, चैत्र ६ ०८:२३

अध्यक्षमा उत्तम केसी र सबिन श्रेष्ठबीच प्रतिस्पर्धाको संकेत, अन्य पदमा पनि आकांक्षीहरूको भीड


नेपाल चलचित्र क्षेत्रको अग्रणी संस्था नेपाल चलचित्र कलाकार संघ को २१औँ साधारण सभा तथा चुनावी अधिवेशन आउँदो २८ चैतमा काठमाडौं मा हुने तय भएसँगै संघभित्र चुनावी सरगर्मी तीव्र बनेको छ।
अध्यक्ष पदका लागि उत्तम केसी र सबिन श्रेष्ठ बीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ। दुवैले औपचारिक घोषणा नगरे पनि आन्तरिक रूपमा लबिङ सुरु गरिसकेका छन्।
वर्तमान अध्यक्ष मोहन निरौला ले परिस्थितिको मूल्याङ्कन गर्दै केही दिनपछि आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका छन्। यता पूर्व अध्यक्ष रवीन्द्र खड्का ले भने मोहन निरौलाको समर्थन आफूलाई रहेको दाबी गर्दै पुनः अध्यक्षमा उम्मेदवारी दिन सक्ने संकेत दिएका छन्।
महासचिव पदका लागि रामेश्वर बुर्लाकोटी, सुनिल कटुवाल र पनाह अधिकारी बीच प्रतिस्पर्धा हुने देखिएको छ।
सचिव पदमा गोपाल ढकाल ‘छन्दे’ ले उम्मेदवारी घोषणा गरिसकेका छन् भने कोषाध्यक्ष पदका लागि पवित्रा आचार्य अघि आएकी छिन्। सह–कोषाध्यक्ष पदमा रोशन श्रेष्ठ ले उम्मेदवारी दिएका छन्।
अधिवेशन मिति नजिकिँदै जाँदा संघभित्रको चुनावी गतिविधि अझै तीव्र र रोचक बन्ने देखिएको छ।

Sharing is caring!

Latest News

बैशाख ११ गते रिलिज हुने फिल्म ‘परालको आगो’ को ‘उडि जाउँ भने,म पंक्षी होइन’गीत रिलिज
शुक्रबार, चैत्र ६ ०८:२३
आ बाट आमा २’ को २०८३ बाट छायांकन सुरु हुने
शुक्रबार, चैत्र ६ ०८:२३