७ बैशाख २०८३, सोमबार
सशान कँडेल निर्देशित ‘बेहुली’को प्रदर्शन मिति तय
बिहीबार, चैत्र १२ १९:३३

सशान कँडेल निर्देशित ‘बेहुली’को प्रदर्शन मिति तय

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा नयाँ चलचित्र ‘बेहुली’ निर्माण हुने भएको छ। चर्चित संगीतकार अर्जुन पोखरेल को प्रस्तुति रहेको यस फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। फिल्म आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सशान कँडेल ले निर्देशन गर्नेछन् भने कथा तथा पटकथा माधव शर्मा ले तयार पारेका हुन्। फिल्मका निर्माता प्रताप राना रहेका छन् भने सह–निर्मातामा दुर्गा खरेल र रमेश सिलवाल छन्।
फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), दिव्या रायमाझी, सुसान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरि, लोकेन्द्र लेखक, साबिन कटेल तथा सामैरा थापा मगर लगायत कलाकारहरूको अभिनय रहने जनाइएको छ। कार्यकारी निर्माताका रूपमा सुमन थिङ तामाङ रहेका छन्।
फिल्मको छायांकन, सम्पादन तथा अन्य प्राविधिक पक्षमा अनुभवी टिम संलग्न रहेको निर्माण पक्षले जनाएको छ। विशेषगरी, अर्जुन पोखरेल स्वयं संगीत निर्देशनमा रहने भएकाले फिल्मको संगीत पक्ष अझ सशक्त हुने अपेक्षा गरिएको छ।
‘बेहुली’ सामाजिक परिवेशमा आधारित कथा प्रस्तुत गर्ने फिल्म हुने बताइएको छ। यसले नेपाली समाज, सम्बन्ध र भावनात्मक आयामलाई दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको छ। पछिल्लो समय नेपाली फिल्म उद्योगमा नयाँ कथा र प्रस्तुति खोज्ने क्रम बढिरहेका बेला यस फिल्मप्रति दर्शकको चासो उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।

Sharing is caring!

Latest News

आ बाट आमा २’ को २०८३ बाट छायांकन सुरु हुने
बिहीबार, चैत्र १२ १९:३३
प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा
बिहीबार, चैत्र १२ १९:३३