सोमबार, चैत्र १६ २१:३१
मुख्यमन्त्री कमल शाहको व्हाट्सएप ह्याक, रकम माग्दै सन्देश पठाइयो
धनगढी ,सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको व्हाट्सएप ह्याक भएको छ। सोमबार उनको व्हाट्सएप नम्बरबाट सम्पर्कमा रहेका व्यक्तिहरूलाई सन्देश पठाउँदै ह्याकरले ३० हजार रुपैयाँभन्दा बढी रकम सहयोगका नाममा मागिरहेको जनाइएको छ।
मुख्यमन्त्री शाहको नाम प्रयोग गर्दै ह्याकरले विभिन्न व्यक्तिहरूसँग आर्थिक सहयोग मागेको पाइएको छ। यसबारे सतर्क रहन र यस्ता सन्देशहरूमा विश्वास नगर्न सम्बन्धित पक्षले आग्रह गरेको छ।
प्रविधि सम्बन्धी यस्ता घटनाबाट बच्न प्रयोगकर्ताहरूलाई आफ्नो खाताको सुरक्षा मजबुत बनाउन, दुई तहको सुरक्षा (टु–फ्याक्टर प्रमाणीकरण) प्रयोग गर्न तथा अपरिचित सन्देशप्रति सचेत रहन सुझाव दिइएको छ।
