३१ बैशाख २०८३, बिहीबार
निर्माण व्यवसायी संघ कैलालीको नयाँ नेतृत्वको सपथग्रहण सम्पन्न
बिहीबार, बैशाख ३१ १७:५३

निर्माण व्यवसायी संघ कैलालीको नयाँ नेतृत्वको सपथग्रहण सम्पन्न


धनगढीनिर्माण व्यवसायी संघ कैलालीको २९औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
विशेष समारोहका बीच नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउँदै औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठी प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
त्यसैगरी निर्माण व्यवसायी सुदूरपश्चिम प्रदेशका अध्यक्ष लक्ष्मण बहादुर स्वार, जिल्ला अध्यक्ष टेकबहादुर मल्ल लगायत व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सेठीले निर्माण क्षेत्र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै व्यवसायीहरुको हकहित संरक्षण, व्यवसायिक एकता तथा गुणस्तरीय निर्माणमा सबैले सहकार्य गर्नुपर्ने धारणा राखे ।
उनले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संघलाई अझ सशक्त र व्यवसायीमैत्री बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले समेत नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गरेका थिए ।

Sharing is caring!

‘काजी’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
बिहीबार, बैशाख ३१ १७:५३