१३ जेष्ठ २०८३, बुधबार
धनगढीमा ‘कुम्भ’को प्रचारप्रसार, कलाकार रोबर्ट सिंह बडेलाद्वारा फिल्म हेर्न आग्रह
बुधबार, जेष्ठ १३ २२:१४

धनगढीमा ‘कुम्भ’को प्रचारप्रसार, कलाकार रोबर्ट सिंह बडेलाद्वारा फिल्म हेर्न आग्रह

धनगढी,नेपाली कथानक चलचित्र ‘कुम्भ’ यही जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रचारप्रसारका लागि कलाकार रोबर्ट सिंह बडेला धनगढी पुगेका छन्।धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू अभिनीत चलचित्र ‘कुम्भ’ नेपाल तथा भारतका विभिन्न सहरमा छायांकन गरिएको जानकारी दिए। साथै उनले चलचित्रको प्रचारप्रसार गर्दै सम्पूर्ण दर्शकलाई हलमा पुगेर फिल्म हेर्न आग्रह समेत गरेका छन्।यसअघि पनि थुप्रै चलचित्रमा अभिनय गरिसकेका बडेलाले ‘कुम्भ’सँग काम गर्दाको अनुभव निकै राम्रो रहेको बताए। उनले यस चलचित्रमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै दर्शकले फिल्म मन पराउने विश्वास व्यक्त गरे।चलचित्र ‘कुम्भ’मा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा वरिष्ठ अभिनेता सुनील थापा, रोबर्ट सिंह बडेला, अशोक आर्यन, रोहित रुम्बा, सुशील पोखरेल, अफ्साना थापा तथा आरजे सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ।फिल्मलाई रणधीर श्रेष्ठ ले निर्देशन गरेका हुन्। एक्सन जनरामा निर्माण गरिएको ‘कुम्भ’ नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरिएको बताइएको छ।

Sharing is caring!

बेहडाबाबा गंगा दशहरा मेलामा नवनिर्वाचित कैलाली फर्निचर व्यवसायी संघद्वारा अन्नदान
बुधबार, जेष्ठ १३ २२:१४