१९ श्रावण २०८३, मंगलवार
गौथलीका निर्देशक र कलाकार दर्शकसँग भेट्न धनगढी आउँदै
मंगलवार, श्रावण १९ १७:२५

गौथलीका निर्देशक र कलाकार दर्शकसँग भेट्न धनगढी आउँदै

धनगढी । नेपाली कथानक चलचित्र ‘गौथली’ देशभर सफल प्रदर्शन भइरहेको बेला चलचित्रका निर्देशक तथा कलाकारहरूको टोली दर्शकसँग प्रत्यक्ष भेटघाट र प्रतिक्रिया संकलन गर्न धनगढी आउने भएको छ।

चलचित्रका निर्माता सुमन गिरीका अनुसार निर्देशक डा. कपिल रिजाल, कलाकार अर्जुन क्षेत्री, सिमरन खड्काशिव उप्रेती लगायतको टोली बुधबार धनगढी आइपुग्नेछ। टोलीले धनगढीस्थित एसटिएस सिनेमामा दर्शकसँग भेटघाट गर्दै चलचित्रबारे प्रतिक्रिया लिने कार्यक्रम रहेको छ।

त्यसपछि टोली पहलमानपुरस्थित एसके सिनेमा पुगेर त्यहाँका दर्शकसँग पनि अन्तरक्रिया गर्नेछ। धनगढी र पहलमानपुरको कार्यक्रम सम्पन्न गरेपछि टोली नेपालगञ्ज, दाङ लगायत पश्चिम नेपालका विभिन्न स्थानमा पुगेर दर्शकसँग भेटघाट गर्ने तालिका रहेको निर्माता गिरीले जानकारी दिए।

देशभर प्रदर्शनमा रहेको चलचित्र ‘गौथली’ ले उल्लेखनीय दर्शक सहभागिता र सकारात्मक प्रतिक्रिया पाइरहेको छ। यही उत्साहलाई थप नजिकबाट अनुभूति गर्न तथा दर्शकका प्रत्यक्ष सुझाव र प्रतिक्रियालाई आत्मसात् गर्ने उद्देश्यले निर्माण टोली पश्चिम नेपाल भ्रमणमा निस्किएको हो।

Sharing is caring!

Latest News

दुर्घटनापछि सहयात्रीको हत्या गर्ने डोटीका गोविन्द पक्राउ
मंगलवार, श्रावण १९ १७:२५
स्वदेशमा रिलिज अगावै विदेशमा ‘बेहुली’को उच्च माग, प्रमुख देशहरूमा रिलिज अधिकार बिक्री
मंगलवार, श्रावण १९ १७:२५