१८ बैशाख २०८३, शुक्रबार
विश्व किर्तिमान बहिरा कलाकार सुजल बमलाई गृह जिल्ला डोटीमा भव्य स्वागत तथा सम्मान
बुधबार, पुष ९ १४:५९

विश्व किर्तिमान बहिरा कलाकार सुजल बमलाई गृह जिल्ला डोटीमा भव्य स्वागत तथा सम्मान

सुन्न र बोल्न नसक्ने भएर पनि गीतमा अभिनय गरेर विश्व किर्तिमान राख्न सफल बहिरा कलाकार सुजल बमलाई गृह जिल्ला डोटीमा मंगलबार भव्य स्वागत तथा सम्मान गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल डोटी जिल्ला कार्य समितिले उनलाई स्वागत तथा सम्मान गरेको हो ।


नेपाली नागरिकता प्रमाण–पत्र तथा राहदानी बनाउन आफ्ना बुबा टेक बमसँगै गृह जिल्ला डोटी पुगेकी सुजललाई प्रतिष्ठानले स्वागत तथा सम्मान गरेको प्रतिष्ठानका डोटी जिल्ला अध्यक्ष प्रेम नेपालीले बताए ।


प्रतिष्ठानले गरेको स्वागत तथा सम्मान कार्यक्रमका लागि सुजल र उनका बुबाले प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन् ।
यसै वर्ष श्रावण ३ गते सार्वजनिक ‘झिमझिम परेली’ बोलको गीतमा उनले पहिलो पटक अभिनय गरेकि थिइन् ।


बरिष्ठ गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायको शब्द सिर्जना, चर्चित सँगीतकार सन्तोष श्रेष्ठको सँगीतमा कविता सिवाकोटीले स्वरबद्ध गरेको उक्त गीत नै सुन्न र बोल्न नसक्ने बहिरा कलाकार अभिनित विश्वकै पहिलो म्यूजिक भिडियो थियो । जुन गीतको भिडियो बसन्त सापकोटाको निर्देशनमा तयार गरिएको थियो ।


गीत सार्वजनिक भएकै दिन अर्थात १९ जुलाई २०१९ मा सुजललाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’ अवार्ड प्रदान गरिएको थियो । यो नै उनको विश्व किर्तिमानी थियो ।


सुजलले हालसम्म एभरेष्ट वल्र्ड रेकर्डसँगै क्रियटिम रेकर्डस, आउट अफ इम्याजिनेशन, सुपर्व वल्र्ड रेकर्डस, Mr.& Miss SEE 2019 प्रतियोगितामा 4th  रनर अप,  Miss SEE 2019 मा Organizer’s Choice, Multimedia, Most Confident लगाएतका अवार्डहरु प्राप्त गरिसकेकी छन् । उनकै कारण सुजलका आमा बुबाले Best Parents अवार्ड प्राप्त गरेका छन् ।
त्यस्तै सुजलले अभिनय गरेको दोश्रो गीत ‘बैनि झ्यालैमा’ रहेको छ ।


प्रकाश दुतराजको प्रस्तुती रहेको उक्त गीत यसै वर्ष कार्तिक २४ गते अर्थात १० नोभेम्बर २०१९ का दिन सार्वजनिक भएको हो ।
डोटीको बोगटान फुडसिल गाउँपालिका ७ चवराचौतारा स्थायी घर भइ हाल काठमाण्डौ बस्दै आएकी सुजल बुबा टेक बम र आमा हिरा शाहकी पहिलो सन्तान हुन् । उनी अहिले १७ वर्षकी भईन् ।


अन्तराष्ट्रिय फेशन सो, रियालिटी सोमा सहभागिता जनाउने र मोडलिङ्मै आफ्नो भविष्य बनाउने सुजलको सपना छ ।

Sharing is caring!

Latest News

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन
बुधबार, पुष ९ १४:५९
गायक रामकृष्ण ढकालको डिभोर्स
बुधबार, पुष ९ १४:५९