१९ बैशाख २०८३, शनिबार
फूलवारी महोत्सव २०७६ सम्पन्न
मंगलवार, पुष २२ १९:२१

फूलवारी महोत्सव २०७६ सम्पन्न


कैलाली ,
धनगढीउपमहानगरपालिका १४ फूलवारीमापुस १३ गते सुरु भएकोचौथोसस्करणको फूलवारी महोत्सव २०७६ बुधबार सम्पन्नभएको छ ।महोत्सवउपप्रमुखशुशीलामिश्र भट्टले समापनगरेकीहुन् ।
महोत्सव समापनगर्दै उपप्रमुख भट्टले महोत्सवले मनोरञ्जन दिनुका साथै विभिन्नआर्थिक तथा सामाजिक क्षेत्रमा समेत योगदान पु¥याएको बताइन् । महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै देशको राष्ट्रिय उत्पादकत्व वृद्धिमा समेत मद्धत पुग्ने उनको भनाइ रहेको थियो । विभिन्न स्थानियकला सस्कृती संरक्षण तथाप्रचार प्रसार गर्नकालागिमहोत्सवले ठुलो सहयोग पुग्ने उनले बताइन् ।
यस्ता मेलामहोत्सवले सामाजीक सद्धभाव बढ्ने संगै कृषि, व्यापार र स्थानियउत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् । उनले यस महोत्सवलाई धनगढी उपमहानगरपालिकाको साझामहोत्सवबनाएर लैजाने बताइन् ।
महोत्सव समापनकार्यक्रममाबोल्दै आयोजक न्यु बुद्ध स्पोर्ट युवाक्लबकाअध्यक्ष महेश गोलेलेचौथो फूलवारी महोत्सव २०७६ सफलभएको बताए । उनले फूलवारी महोत्सवबाट विगतकाबर्षभन्दाथपहौसलाप्रदानभएको बताउदै, आगामीबर्षमाअझ अगाडी बढाउने बताए ।
महोत्सव समापनकार्यक्रममा स्थानियजनप्रतिनिधी, सुरक्षकर्मी, समाजसेवी, कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन कृत बहादुर बिष्टले गरेकाथिए ।
‘स्थानीयकला संस्कृति, पर्यटन व्यापार र कृषि प्रवद्र्धनकालागीफुलबारी महोत्सव’भन्ने मुलनाराका साथपुस १३देखीसुरु भएको महोत्सव २२ गते सम्म सञ्चालनभएको थियो । महोत्सवमा ८०हजार बढी दर्शकले अवलोकन गरेको मुलआयोजक समितिकाकोषाध्यक्षभुवनजोशीले जानकारी दिए ।महोत्सवमा झण्डै ४० लाख बराबरको आर्थिक कारोबार भएको उनले जानकारी दिए ।
महोत्सवअवधिभरप्रकाश सपुत, चक्र बम, मेलिना राई, लालबहादुर धामीलगाएतका स्थानियतथाराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहको थियो । महोत्सवमाखुल्लालोकदोहोरी प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, बिभिन्न सांस्कृतिकझाँकीलगायतकाकार्यक्रम प्रस्तुत गरीएको थियो । महोत्सवमा स्थानीयकला संस्कृति र पहिचानलाई प्राथमिकतादिइएको थियो ।

Sharing is caring!

Latest News

एउटै प्रकृतिको गल्तीमा कसैलाई चोख्याउने र कसैलाई नराम्ररी फसाउन खोज्ने प्रवृति बढेको छ ःमाधव नेपाल
मंगलवार, पुष २२ १९:२१
‘नेपाल स्टार’को धनगढीमा अडिशन सम्पन्न (भिडियो सहित)
मंगलवार, पुष २२ १९:२१