१२ असार २०८३, शुक्रबार
नगरप्रमुखद्धारा दछिण कोरियामा महत्वपूर्ण ब्यक्तिसंग भेटघाट
बुधबार, पुष २३ १५:४१

नगरप्रमुखद्धारा दछिण कोरियामा महत्वपूर्ण ब्यक्तिसंग भेटघाट

धनगढी ,धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड नेतृत्वको नेपालीले टोली दछिण कोरियामा पुगेर महत्वपूर्ण ब्यक्तिहरु संग भेटघाट तथा छलफलमा सहभागि भएका छन् ।


बुधवार काङ्गोन विश्व विद्यालयका प्रोफेसरहरु संग भेटघाट गर्नुका साथै विश्व विद्यालयको भाईस प्रेसिडेन्ट डाक्टर चेन्डोज हुँङ, शैक्षिक मामिला बिभागका प्रमुख काङ् सुक बुक, शारिरिक शिक्षा बिभागका प्रमुख साङ् बुक पार्क संग नगरप्रमुख नेतृत्वको भेटघाट गरेको  छ । त्यसैगरी  रोटरी ईन्टरनशनल डिष्ट्रिक गभर्नर डाक्टर साङ्सो किम संग भेटघाट गरेको टेलीफोन बाट जानकारी दिए ।


आईतबार दछिण कोरिया पुगेको टोलीले शोमबार देखि महत्वपूर्ण ब्यक्तिहरु संग भेटघाट थालेको हो । दछिण कोरियाको काङ्गोन विश्व विद्यालयका प्रोफेसर किम्जोङ केयको निमन्त्रणामा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड लगायत नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदिप थापा, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही, जिल्ला फुटवल संघ कैलालीका अध्यक्ष मोहित शाह लगायतको टोली दछिण कोरिया पुगेको हो ।

Sharing is caring!

Latest News

‘नेपाल स्टार’को धनगढीमा अडिशन सम्पन्न (भिडियो सहित)
बुधबार, पुष २३ १५:४१
छोरीको जन्मदिनमा दृष्टि फाउण्डेसनलाई ११ स्पोर्टस क्लबका अध्यक्ष हमालद्धारा सहयोग
बुधबार, पुष २३ १५:४१