डोटीको दिपायलमा रहेको होटेल वर्षाको शाखा धनगढीमा पनि संञ्चालनमा
विगत ३० वर्षदेखि डोटीको दिपायलमा संञ्चालन भईरहेको होटेल वर्षाको शाखा धनगढीमा पनि संञ्चालनमा ल्याईएको हो। विगतमा क्षेत्रिय राजधानी दिपायल भएका कारण डोटीमा नै वर्षा होटेल संञ्चालन गरिएपनि प्रदेशको राजधानी कैलाली भएसंगै धनगढीमा पनि शाखा खोलिएको संञ्चालक पदम वोहराले बताए।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ को मोहनापुल अत्तरिया सडक खण्डको चटकपुरमा सञ्चालनमा ल्याईएको हो। ‘अहिले धनगढीमा होटलको माग बढ्दो छ।’ वोहराले भने, ‘विगतदेखि नै होटेल व्यवसाय गरेका कारण सवा चार करोड लगानीमा धनगढीमा पनि होटेल संञ्चालन गरेको हुँ।’

उक्त होटलको आज कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र होेटेल ब्यावसाई संघका अध्यक्ष कलम बमँले सयुक्त रुपमा उद्घाटन गरका हुन ।सो होटेलको उद्घाटन गर्दे कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदुरपश्चिम प्रदेशको राजधानी भएका कारण धनगढीमा स्तरीय होटेलहरुको माग बढीरहेको बताउनु भयो । २२ कोठा रहेको होटलमा सुविधा सम्पन्न तालिम हल, रेष्टुरेण्ट लगायत अन्य सेवा रहेको जनाएको छ। सवा चार करोडको लगानीमा धनगढीमा वर्षा होटेल संञ्चालनमा आएको छ।
