२० बैशाख २०८३, आईतवार
कोरोनाको संक्रमणबाट बच्नका लागि बास्कोटा टोलमा आवतजावत बन्द
बिहीबार, चैत्र १३ १९:३६

कोरोनाको संक्रमणबाट बच्नका लागि बास्कोटा टोलमा आवतजावत बन्द

अत्तरिया, १३ चैैत
बिश्वब्यापी रुपमा फैलिदै गएको कोरोनाको संक्रमणबाट बच्नको लागि कैलालीको गोदावरी नगरपालिका वडा न। ४ बास्कोटा क्षेत्रमा बास्कोटा युवा क्लबले पुलमा काडे तार सँगै बाटो बन्द गरेका छन । कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनले गर्दा बजार र सडक सुनसान बनेका छन् तर गाउ टोलमा भने लकडाउनको खास्सै प्रभाब परेको देखिदैन । कैलालीको बास्कोटा टोलमा आवतजावत बन्द गर्न तारबार लगाएर बाटो बन्द गरेको हो ।

 कोरोना भाईरसको संक्रमण फैलिन नदिन बिनोद भण्डरी, समुजंग खड्का, शिव साउद, राजन काजी स्वार, शिव साउद, पुष्कर धामी, देवराज जोशी, कोरन साउद ,धिरज भण्डारी र रोहित धामीको अगुवाईमा यस्तो कार्य गरेका हुन । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न एक टोलबाट अर्को टोल र गाउमा नगएर आफनै घर टोलमा बस्न सचेत गराउदै टोलमा तारबार गरेको टोलका युवा अधिकारी रोहित धामीले बताए ।
सरकारले गरेको निर्णय हामी सबैको लागि भएको भन्दै उनले सबैले नियम पालना गरी सुरक्षित रहन पनि आग्रह गरे ।

Sharing is caring!

Latest News

धनगढी उप–महानगरपालिकाले कोरोना भाईरस ( कोभिड १९ ) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा औषधी छर्किन सुरु गर्यो
बिहीबार, चैत्र १३ १९:३६
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनामा कोरोना संक्रमण भएको पुस्टि
बिहीबार, चैत्र १३ १९:३६