बन्दा बन्दीको बेला खाद्य अधिकारको विषयमा नागरिक समाजद्वारा मंत्री शाहलाई ध्यान आकर्षण
आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई बन्दा बन्दीको अवधी मा खाद्य अधिकारको अवस्था र सो को आधारमा आगामी दिनमा चाल्नु पर्ने कदमका वारेमा नागरिक समाजका तर्फबाट सुझावहरु पेश गरियो । कैलाली र कन्चनपूरका सिमा क्षेत्र, सिमा क्षेत्र बासिन्दा, स्थानिय सरोकारवाला संगको भेटधाट तथा छलफल र अनुगमनमा सहभागी हरुले गरेको अवलोकन आदीको आधारमा सुझावहरु तयार पारिएको हो । अनुगमन कार्य बैशाख १५ गते देखि २२ गते सम्म गरिएको थियो । अनुगमनमा पत्रकार महासंघ, मानव अधिकारकर्मी, सैसस महासंघ, खाद्य अधिकारको क्षेत्रमा काम गर्ने संस्था फियान नेपाल, खाद्य अधिकार संजाल, लगायत जिल्ला तथा प्रदेश अनुगमन समितिमा नागरिक समाज संस्थाहरुको प्रतिनिधित्व थियो ।

अनुगमन पछि अनुगमन कार्यमा संलग्न मध्य नेपाल पत्रकार महासंघ सुप का अध्यक्ष अर्जुन शाह, गैसस महासंघ सु .प. का संयोजक तथा याक नेपालका कार्यक्रम संयोजक देवि खनाल, रेडियो धनगढीका हरि जोशी तथा फियान नेपालका कानून तथा क्षमता बिकास अधिकृत अधिवक्ता मुकुन्द बहादुर रानाको सहभागितामा सुझाव पेश गरिएको थियो ।
अनुगमन टोलीको तर्फबाट फियान नेपालका कानून तथा क्षमता बिकास अधिकृत अधिवक्ता मुकुन्द बहादुर रानाले सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।
अनुगमन टोलीको सुझाव पछि माननिय आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले टोली लाई धन्यवाद दिदै यो संकटको बेलामा सवै एकजुट भई साझारुपमा यसको सामाना गर्नु पर्ने तथा प्रदेश सरकारका तर्फबाट गर्न सकिने सहयोग र सहकार्य कालागी हरदम तयार रहेको बताउनु भयो । उहांले यहांहरुको सुझाव अनुसार कुनै पनि मुलुक सार्वभौम हुन खाद्य अधिकार तथा खाद्य सम्प्रभुक्ता सुनिस्चित हुन जरुरी भएको बताउनु भयो । प्रदेश सरकारले यस बिषम परिस्थितीलाई मध्य नजर गर्दे राहतको ब्यवस्था, सुरक्षाकर्मी, स्वास्थकर्मी,संचारकर्मी लगायत अत्यावश्यक सेवामा खटिएका कर्मचारी लगायतको उच्च सम्मान गर्दै मनोवल बढाउने हरेक कार्यकालागी प्रदेश सरकार सक्रिय रहेको बताउनु भयो । यस बिशम परिस्थितीमा आम नागरिकका समश्या,गुनासा हरुलाई संम्बोधन गर्न तथा राज्यका संयन्त्र हरु लाई उचित ढंगबाट परिचालन गर्न प्रदेश, निर्वाचन क्षेत्र तथा जील्लास्तरमा अनुगमन संयन्त्रको परिचालन गरिएको जानकारी गराउनु भयो । नागरिहरुको दायित्व र जीम्मेवारी समेत बोध गरि जोखिम पूर्ण अवस्थामा नागरिकहरुको हौसला बढ्ने गरि तपाईहरुले गर्नु भएको कार्यको प्रसंशा गर्दे प्राप्त सुझावहरु को कार्यन्वयनकालागी पहल गर्ने छु उहांले बताउनु भयो ।
