मंगलवार, असार २३ ०९:५४
नेपालमा कोरोना सङ्क्रमितको संख्या २१७पुग्यो।
काठमाडौं , ३१ बैशाख । काठमाडाैँमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार काठमाडाैँमा एक र भक्तपुर जिल्लाका दुई जनामा मंगलबार कोरोना भेटिएको हो ।
भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरूषमा देखिएको छ भने काठमाडाैँमा ३३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ । यो सँगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।
