१४ जेष्ठ २०८३, बिहीबार
बाजुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु
शनिबार, जेष्ठ २४ ०९:०६

बाजुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु

बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ७ मा एक क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ बर्षिया बृद्धको मृत्यु भएको हो ।
हिजो सा साझ देखी खाना नखाएको र राती एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा न ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताए । गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिएका छन् । मृतक बृद्धा २५ बर्षदेखी भारतमा बस्दै आएका र यही जेठ १५ गते मात्र गाउँमा आएका हुन वडा अध्यक्ष रावतले जानकारी दिएका छन् ।
मृतकको कोरोना परिक्षणका लागि स्वा संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन । मृतकको स्वाव संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले ब्यबस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गैरेले बताएका छन् ।badimalikakhabar.com

Sharing is caring!

Latest News

पश्चिम रुकुम घटनामा ज्यान गुमाएका ६ जनाको १३औँ दिनको पुण्य तिथिमा धनगढीमा श्रद्धाञ्जली सभा
शनिबार, जेष्ठ २४ ०९:०६
कुवेतबाट नेपाली लिएर पहिलो जहाज काठमाडौं आइपुग्यो
शनिबार, जेष्ठ २४ ०९:०६