समाजसेवी जोशीद्वारा पुनर्वासका सशस्त्र प्रहरी पोष्टहरुमा सेनिटाईजर सहयोग
हरिलाल जोशी – समाजसेवी भक्तराज जोशीले सशस्त्र प्रहरी पोष्टहरुमा सेनिटाईजर वितरण गरेका छन् । “मानवीय सेवामा अनेकौँ प्रयास” (साईन नेपाल ) नामक संस्थाका अध्यक्ष भक्तराज जोशीले व्यक्तिगत सहयोगमा कंचनपुरको पुनर्वासमा रहेका पन्ध्र ओटा सशस्त्र प्रहरी पोष्टहरुमा सेनिटाईजर वितरण गरेका छन् ।

शनिबार बिहानै धनगढीबाट पुनर्वास पुग्नु भएका जोशीले पुनर्वास नगरपालिकामा रहेका तिन ओटा सशस्त्र प्रहरी बल ,बिओपीहरु अन्तर्गतका डोकेबजार देखि बिचफाटा सम्मका सशस्त्र पोष्टहरुमा ९० बोत्तल सेनिटाईजर बितरण गरेका हुन् ।सिमा नाकामा आफ्नो ज्यानको स्वास्थ्य सुरक्षाको कुनै प्रवाह नगरी रात दिन नभनी खटिएका सशस्त्र प्रहरीहरुलाई केही सुरक्षाको अनुभुति दिलाउन सेनिटाईजर उपलब्ध गराएको साईन नेपालका अध्यक्ष जोशीले बताए ।

अध्यक्ष जोशीले गौरीफण्टा नाका भएर भारतबाट आउने सुदुरपश्चिमका तराई तथा पहाडी क्षेत्रका विभिन्न स्थानिय निकायका व्यक्तिहरुलाई खाजा ,पानी,मास्क ,सेनिटाईजर र मोबाईल रिचार्ज गरि सहयोग गर्नुका साथै बिचल्लीमा परेकाहरुको उद्धार गर्दै आएका छन् ।सेनिटाईजर प्राप्त गर्दै सशस्त्र प्रहरीहरुले यस्तो विपदको समयमा स्वास्थ्य सुरक्षाको सामाग्री सहयोग गर्नुभएकोमा हृदय देखि नै अध्यक्ष जोशीलाई धन्यवाद दिनुको साथै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राखेको बताएका थिए ।

अध्यक्ष जोशी करिब २२ दिन अघि देखि सिमा नाका गौरीफण्टामा स्वतस्फूर्त रुपमा आफ्नो स्वास्थ्य सुरक्षालाई समेत ख्याल नगरी निरन्तर समाजसेवामा तल्लिन भएका देखिन्छन् । उहाँ सिमा नाकामा उद्धार कार्यमा मात्रै नभई यश अघि संस्था मार्फतबाट तराई तथा पहाडी क्षेत्रका केही स्थानीय निकायहरुमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री समेत सहयोग गर्दै आउनु भएको छ ।
