२९ असार २०८३, सोमबार
निसर्ग अस्पतालमा अनुहारको सफल सल्यक्रिया
शनिबार, जेष्ठ ३१ २०:५७

निसर्ग अस्पतालमा अनुहारको सफल सल्यक्रिया

सुदूरपश्चिम प्रदेशको पहिलो अत्याधुनिक अस्पताल निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले कृष्णपुर नगरपालीका- ७ शान्तिपुरकी ३६ वर्षीया गोमती पार्की जेठ २२ गते पहिले गेटा आँखा अस्पतालको चौथो तलामाथिकाे लिफ्टबाट खसिन। चार तला माथिबाट खसेकाले उनको अनुहारमा गम्भीर चोट लाग्यो।नाक र अनुहारका हड्डी टुक्रा-टुक्रा भए। नाक मुखको सेप नै बिग्रियो। गम्भीर घाइते बनेकी उनलाई तुरुन्तै धनगढीस्थित निसर्ग अस्पताल लगियो।अहिले अस्पतालले उनको बिग्रेको नाक-मुखको सेपलाई मिलाएको छ। स-साना प्लेट राखेर टुक्रेका नाक र मुखका हड्डीलाई मिलाएको छ।

म्याग्जिलो फेसियलको स्पेसल टिमद्वारा धनगढीमै पहिलो पटक अनुहारको यति ठूलो शल्यक्रिया गरेको अस्पताल प्रशासनले दाबी गरेको छ।गोमती पार्की निकै कमजोर आर्थिक अवस्था भएकी महिला हुन्। उनका श्रीमान पनि छैनन्। दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने ति महिलाको सस्तोमा उपचार गरिदिएको अस्पतालले जनाएको छ।उनका जेठाजु गोरे पार्कीका अनुसार उनी लेबरको काम गरेर जीवन धान्दै आएकी थिइन्। वरिष्ठ मुख, अनुहार तथा बङ्गारा विशेषज्ञ डा. दीपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा लगायतको टिमले उपचार गरेका हुन्।

धनगढीका अन्य अस्पताले अप्रेसन गर्न नसक्ने भन्दै निसर्गमा जान सुझाएको उनका जेठाजुले जनाए। कोरोना कहरका बीचमा पनि अस्पतालले जटिल खालका अप्रेसन गरिरहेको छ।

Sharing is caring!

समाजसेवी जोशीद्वारा पुनर्वासका सशस्त्र प्रहरी पोष्टहरुमा सेनिटाईजर सहयोग
शनिबार, जेष्ठ ३१ २०:५७
क्वारेन्टिनमा रहेकी महिलाको सामूहिक बलत्कार (भिडियो सहित )
शनिबार, जेष्ठ ३१ २०:५७