रोटरी क्लब अफ धनगढी अध्यक्षमा ठाकुर
रोटरी क्लब अफ धनगढीको वर्ष २०१९÷०२० का लागि हरिशंकर ठाकुर अध्यक्षमा चयन भएका छन्। शनिवार धनगढीमा भएको पदस्थापन समारोहमा रोटरी क्लव जोन सेभेनका एसिस्टिेन्ट गभर्नर गोपाल प्रशाद न्यौपानेले अध्यक्ष ठाकुरालई गोपनियताको सपथ ग्रहण गराएका हुन्। वर्ष २०१९÷०२० का लागि अन्य पदाधिकारीहरुमा निबर्तमान अध्यक्ष पुष्कर ओझा, प्रथम उपाध्यक्ष प्रेम खड्का, द्वितीय उपाध्यक्ष अनिता पन्त रहेका छन्। यस्तै सचिबमा भुवन भट्ट, सहसचिवमा ठेकेन्द्र जोशी, कोषाध्यक्षमा सुमित भट्ट, सह कोषाध्यक्षमा सुनिता खत्री रहेका छन्। सर्जेन्टआर्ममा भावना भट्ट, निर्देशकमा डाक्टर प्रतीक्षा सिंह राठौर, सुर्य गुरुङ, दीपक प्रसाद उपाध्याय, ललित बोहरा र प्रदीप जोशी रहेका छन्। रोट्र्याक्ट कोर्डिनेटरमा भगवती बडाल, इन्ट्र्याक्ट कोर्डिनेटरमा भुवन जोशी र अध्यक्ष नोमिनीमा तोयाराज भट्ट चयन भएका छन्।

शनिबार आयोजित एक कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका छन्। त्यस्तै स्वास्थ्य क्षेत्रको महत्त्वलाई आत्मसाथ गर्दै पोलियो उन्मूलन कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधि तथा उपकरण वितरण आदि स्वास्थ्यसम्बन्धी कार्यक्रम नियमितरूपमा सञ्चालन गर्ने नव निर्वाचित अध्यक्षमा हरि शंकर ठाकुरल्े बताए ।

रोटरी क्लब अफ धनगढी कार्यक्रममा प्रमुख अथिर्ति रहेका धनगढी उप–महा नगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले रोटरी क्लब अफ धनगढी यसरी मानवीय र सामाजिक सेवा क्षेत्रमा रोटरी क्लब अग्रणी रही दिगो विकासको लागि का धनगढी उप–महा नगरपालिकाका सँग समन्वय, सहकार्य र सहयोगमा सेवामा हात अगाडी बढाउदै जाने छ भने विस्वास लिएका छन ।

रोटरी क्लब अफ धनगढीले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ। हाल क्लबले कैलालीको चुरे गाउँपलिकामा स्वास्थ शिविर संचालन गरि रोगबारे सचेतना तथा उपचार गर्दै आएको छ । गोदावरी नगरपालिका ओलानिमा हालै खानेपानी तथा सरसफाई सम्बन्धि एक प्रोजेक्ट शुरुको छ । रोटरी क्लबका सदस्यहरूले रोटरीवादको मूल आदर्शलाई मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानविय हितका लागि सेवामुलक कार्यहरू सञ्चालन गर्दै आइरहेका छन्।
