३१ असार २०८३, बुधबार
बुधबार, कार्तिक १९ १८:५८

काठमाडौंको पशुपति भिजनस्थित आमादब्लम होटलको क्वारेन्टीनमा बसेका एक जना आठौं तलाबाट हाम फालेर घाइते।

खबरचित्र सम्बादाता ।कार्तिक १९/

काठमाडौंको पशुपति भिजनस्थित आमादब्लम होटलको क्वारेन्टीनमा बसेका एक जना आठौं तलाबाट हाम फालेर घाइते भएका छन् । मंगलबार दिउँसो साउदी अरबियाबाट काठमाडौं आएका बर्दीयाका धर्मराज गिरी राती होटलको आठौं तलाबाट हाम फालेका हुन् ।

जमिनमा बजारिनु अघि तारमा अड्किएका गिरीको गम्भीर घाइते अवस्थामा अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । ४० वर्षीय गिरी मंगलबार १ सय ३० जना अन्य यात्रुसहित साउदी अरबियाबाट नेपाल फर्किएका थिए ।

उनलाई एक साता क्वारेन्टिमा बस्नुपर्ने भन्दै नेपाली सेनाको टोलीले होटलमा छाडेर गएको थियो । पछि उनी झ्याल खोलेर हामफालेको होटेलको सिसिटिभी क्यामरामा देखिएको छ ।

Sharing is caring!

प्रहरी सहायक निरीक्षक असई र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको राजिब गुप्ता को रहस्यमय नाम ।
बुधबार, कार्तिक १९ १८:५८
डोटि मा भीरबाट लडेर एक जनाको ज्यान गयो।
बुधबार, कार्तिक १९ १८:५८