२ कार्तिक २०८३, आईतवार
शनिबार, कार्तिक २२ १४:०२

वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

खबरचित्र सम्बादाता कात्तिक २२/

कोरोना संक्रमित भएका हास्य कलाकार मनोज गजुरेल अहिले अस्पतालको आइसियूमा छन् । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था अवस्था विग्रदै गएपछि बुधबार सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना गरिएको थियो ।

आहिले वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बलम्बुस्थित शशस्त्र प्रहरी अस्पतालले जनाएको छ भने कलाकार मनोजले आफ्नो फेसबुक मार्फत आफू आराम रहेको समेत जनाएका छन् ।

मनोज गजुरेलको बारेमा सामाजिक सञ्जालमा विभिन्न हल्ला आइरहेका बेला उनले आफ्नो स्वास्थ्य अवस्था सुधार भएको जानकारी गराएका छन् । शुक्रबार बेलुका ९ बजेर ५० मिनेटमा सामाजिक सञ्जालमार्फत उनले आफू आराम भएको र अघिल्लो दिनभन्दा आज स्वास्थ्यमा क्रमिक सुधार भएको बताएका हुन् ।

पढ्नुहोस उहाको मनछुने सन्देश – “आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद “।

Sharing is caring!

Latest News

कोरोना सङक्रमण का कारण कैलाली मा थप २जना को ज्यान गयो।
शनिबार, कार्तिक २२ १४:०२
पर्साको धोबिनी गाउँपालिका वार्ड नं ४ लंगडी चौकमा सरसफाइ कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२ १४:०२