बुधबार, कार्तिक २६ १३:४६
भारत मा पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । दुई महिनाअघि एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएको भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८० लाख ११ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ज्यान जानेको संख्या १ लाख २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५११ जनाको ज्यान गएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ६१५ पुगेको छ
