बिहीबार, कार्तिक २७ २०:४२
राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ नेम्बाङको निधन

खबरचित्र सम्बादाता धनगढी ।राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ नेम्बाङको बिहीबार निधन भएको छ । नेम्बाङको ९२ वर्षको उमेरमा धरान–१८ बीपी गेटस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सांसद बनेका थिए । वृद्धावस्थासँगै अल्सर, उच्च रक्तचाप, मधुमेह, मुटु, मस्तिष्कघात, पक्षघातबाट पीडित उनलाई पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको थियो
