१९ बैशाख २०८३, शनिबार
सोमबार, श्रावण ६ १३:५९

आज साउनको पहिलो सोमबार सुदुरपश्चिम लगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार आज कैलाली लगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कैलालीकोे शिवपुरि धाम ,घोडाघोडि ताल,कैलाश धाम ,बेहडा बाबा मन्दीर लगायत सुदुरपश्चिम प्रदेशका विभिन्न शिवालयहरुमा भक्तजनको घुइँचो छ।साउन महिनाको सोमबार विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । सोमबारलाई भगवान शिवको लोकप्रिय बारको रुपमा समेत लिने गरिन्छ । सोही कारण यो दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ । साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख, शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

सोमबारलाई भगवान शिवको लोकप्रिय बारको रुपमा समेत लिने गरिन्छ । सोही कारण यो दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ । साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख, शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

Sharing is caring!

Latest News

तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना,सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह
सोमबार, श्रावण ६ १३:५९
वीपीको स्मृति दिवसको अवसरमा वृक्षारोपण
सोमबार, श्रावण ६ १३:५९