२९ असार २०८३, सोमबार
सुदुरपश्चिमका वादी समुदाय गाँस बासको माग गर्दै आन्दोलित
मंगलवार, माघ २० १४:३५

सुदुरपश्चिमका वादी समुदाय गाँस बासको माग गर्दै आन्दोलित

१९ धनगढी ।
सुदुरपश्चिम प्रदेशमा रहेका बादी समुदायका नागरिकहरु गास बास र कपासको माग गर्दै आन्दोलीत बनेका छन । सरकारले २०६० साल पौस २५ गते बादी समुदायको ब्यावस्थापन लागी गरेको सम्झौक्ता कार्यन्वयन नगरेको भन्दै उनिहरु आन्दोलनमा उत्रियका हुन । सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका बादी समुदायले सरकार आफुहरुका समस्या प्रति गभ्भीर नभएको भन्दै आफुहरु आन्दोलन गर्न बाध्य भएको बाजुरा बाट आन्दोलनका लागी कैलाली आउनु भएकी डिक्रा देबि बादी बताईन । उनले सकारले आफुहरुको गास बास र कपासको ब्यावस्था गर्नु पर्ने माग गरेकी छन ।

राज्यले बादी समुदायलाई उपेक्षा गरेको बादी समुदायका अगुवाहरु बताउछन । आफुहरु कहि कतै बस्ने ठाँउ नभएर सडकको छेउमा केहि समयको लागी बस्दा समेत प्रशासनले आफुहरु लाई बल प्रयोग गरि हटाउन खोज्ने तर अन्य नागरिकहरु लाई भने केहि नगर्ने गरकेो बादी अगुवा सबी राना ले बताए ।
बादी समुदायको हरेक क्षेत्रमा पहुच पुर्याउनु पर्ने , गास बास , कपासको सरकारले ग्यारेण्टी गर्नु पर्ने घुमन्ते मगन्ते भुमीहिन बादी संर्घष समितीका संयोजक मिठु बादीको भनाई छ । अस्थाई बसोबासका लागी उद्योग पर्यटन बन तथा बातावरण मन्त्री माया भटट लाई ज्ञापनपत्र बुझाएको बताउदै उनले आफुहरुका माग सम्बोधन नहुदा सम्म आन्दोलन जारी राख्ने बताईन ।

उद्योग पर्यटन बन तथा बातावरण मन्त्री माया भटटले प्रदेश सरकार सँग सुकुम्बासी लाई भोगाधिकार दिने अधिकार नभएको बताउदै भुमी हिन सुकुम्बासीको लगत लिने काम स्थानीय तहले गरिरहेको बताउनु भयो । उनले प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्ने बताउदै संघिय सरकार संग समेत लबिङ गर्ने बताउनु भयो ।

सरकारले विभिन्न समयमा गरिब एवं विपन्न समुदायलाई सहयोग गर्ने प्रतिबद्धता गरे पनि अधिकाँश प्रतिबद्धता घोषणा मै सीमित भएको छ । गाँस, बास र कपास कै लागि आन्दोलनमा उत्रनु पर्ने बाधयता हटाउन सरकारले गरिब तथा विपन्नहरुका लागि विशेष योजना ल्याउनु पर्ने देखिन्छ ।।

Sharing is caring!

चौलानी डिपार्टमेण्टलको ‘मंगलवार बजार’ धमाका
मंगलवार, माघ २० १४:३५
साईन नेपाल द्वारा बेदकोट नगरपालिका असहायहरुलाई कम्बल बितरण
मंगलवार, माघ २० १४:३५