सुदुरपश्चिम् मोवाइल व्यवसायी संघ द्वारा मोवाइल चोर्ने प्रहरीलाई कारबाहीको माग
सुदुरपश्चिम् मोवाइल व्यवसायी संघले बर्दीसहित पसल छिरेर मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।मोवाइल व्यवसायीहरूको संस्था मोवाइल व्यवसायी संघ विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ ।विज्ञप्तिमा सुरक्षामा खटिएका प्रहरीबाटै मोवाइल चोरिएको घटना अपत्यारिलो भएको र मोवाइल व्यवसायीहरू असुरक्षित भएको उल्लेख गरिएको छ । संघले चोरीमा संलग्न दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरेको छ । कारबाहीमा लापरबाही गरिए कडा कदम चाल्ने चेतावनीसमेत महासंघले दिएको छ ।यही माघ ६ गते राति लागू औषध कारोबार भइरहेको सूचना पाएको भन्दै अप्रेशनका लागि ग्लोबल मोबाइल ग्यालरीमा छिरेका प्रहरीले मोवाइल चोरेको सीसीटीभी फुटेजमा देखिन्छ । चोरीमा संलग्न भएका हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाल प्रकाउ परिसकेका छन् । उनीहरु दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत छन् ।