१९ बैशाख २०८३, शनिबार
धनगढीमा ९ जना नेपाल प्रहरी बेहोस
बुधबार, असार २२ २०:२५

धनगढीमा ९ जना नेपाल प्रहरी बेहोस

धनगढी ,धनगढीमा अत्यधिक गर्मीका कारण ९ जना नेपाल प्रहरी तालिमे बिरामी भएका छन् । नयाँ भर्ना भएका तलिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर भर्ना भएका हुन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

एक जना भेन्टीलेटरमा राखिएको छ भने एक जनाको आईसियुमा उपचार भैरहेको छ । उनीहरुको अबस्था चिन्ताजनक रहेका बताईएको छ । भाद्रमा नयाँ भर्ना लिएर ९८ जना प्रहरी जवानलाई सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षणको दौरानमा छन् ।
‘आज बिहान शारिक व्याम अन्तरगत १० किलोमिटर दौड थियो, ९ जना बिहोस भएपछि अस्पताल भर्ना गरिएको हो’ सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका तालिम प्रशिक्षक प्रमुख बोधराज ओझाले भने–‘अन्य सात जना खतरामुक्त भएर फिर्ता भएका छन् ।’

बिहोस हुनेमा सरोज चौधरी, प्रसान्त रावत, दिनेश सुनार, सन्तोष नेपाली, हरि बिक, अर्जुन थारु, भरत बिष्ट, हरिनारायण राना र ताराप्रशासद पुलामी मगर रहेका छन् । सरोज चौधरीको भेन्टीलेटर र प्रसान्त रावतकोआईसियुमा राखेर उपचार भैरहेको छ । अहिले धनगढीमा अत्यधिक गर्मीका कारण जनजिवन प्रभावित भएको छ ।

Sharing is caring!

Latest News

सौगात ओझाको “हाम्रो जोरायल” गीत सार्वजनिक(भिडियो सहित )
बुधबार, असार २२ २०:२५
जोरायल ‘शाक्षर गाउँपालिका घोषणा’
बुधबार, असार २२ २०:२५