१९ बैशाख २०८३, शनिबार
जोरायल ‘शाक्षर गाउँपालिका घोषणा’
बुधबार, असार २२ २१:१६

जोरायल ‘शाक्षर गाउँपालिका घोषणा’

झलक पाली/असार २२, डोटी ।
डोटीको जोरायल गाउँपालिकालाई बुधबार ‘शाक्षर गाउँपालिका घोषणा’ गरिएको छ ।
गाउँपालिकाको तथ्याङ्क अनुसार पालिकाभरीका १५ वर्षदेखि ६० वर्षसम्मका ९७.१० प्रतिशत मानिस शाक्षर भएपछि ‘शाक्षर गाउँपालिका घोषणा’ गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले गाउँपालिकालाई शाक्षर घोषणा गर्न सहयोग गर्ने पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा, सामुदायिक सिकाई केन्द्रहरु, सामुदायिक विकास मञ्च, युनिसेफ नेपाल लगाएतका गैह्र सरकारी संघसँस्थाहरुलाई विशेष धन्यवाद दिए ।

साथै अब गाउँपालिकालाई पूर्ण शाक्षर घोषणा गर्न विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था पनि गर्ने उनले प्रतिबद्धता जनाए ।
त्यस्तै जोरायल गाउँपालिका वडा नं. ५ गड्सेरामा हालसम्म सामुदायिक सिकाई केन्द्र स्थापना नभएकाले आवश्यक प्रक्रिया पूरा गरी यसै वर्ष स्थापना गरी गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने पनि अध्यक्ष ओझाले वचनबद्धता जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले शाक्षर गाउँपालिका घोषणाका लागि प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै पालिकाभित्र रहेका छुटपिट निरक्षरहरुलाई पनि शाक्षर बनाउन सबैले निरन्तर लागि पर्नुपर्ने बताईन् ।
कार्यक्रममा जोरायल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख तेज बहादुर खत्रीले शाक्षरताका आवश्यक १२ वटा सूचकबारे जानकारी गराउँदै जोरायल गाउँपालिका शाक्षर घोषणा योग्य बन्नुको आधार सहित गाउँपालिकाको शाक्षरताको तथ्यांक सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तथ्याङ्क अनुसार जोरायल गाउँपालिका वडा नं. १ को शाक्षरता प्रतिशत ९७.२०, वडा नं. २ को ९६.००, वडा नं. ३ को ९७.००, वडा नं. ४ को ९७.९३, वडा नं. ५ को ९७.०४ र वडा नं. ६ को ९७.४१ रहेको जोरायल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत श्रोत व्यक्ति सिद्धराज जोशीले जानकारी दिए ।
कूल ६ वटा वडा रहेको जोरायल गाउँपालिकाको वडा नं. २ लाई २०७५ जेठ २६ गते पालिकाको पहिलो शाक्षर वडा घोषणा गरिएको थियो । त्यसपछि वडा नं. १ लाई २०७५ असार २ गते, वडा नं. ६ लाई २०७६ असार ५ गते, वडा नं. ३ लाई २०७९ असार ५ गते, वडा नं. ५ लाई २०७९ असार १८ गते र वडा नं. ४ लाई २०७९ असार २० गते शाक्षर वडा घोषणा गरिएको थियो ।

Sharing is caring!

Latest News

धनगढीमा ९ जना नेपाल प्रहरी बेहोस
बुधबार, असार २२ २१:१६
कैलाली कारागारलाई दुई नल्का सहयोग
बुधबार, असार २२ २१:१६