१८ बैशाख २०८३, शुक्रबार
सुदुरपश्चिमञ्चल एकेडेमी (एसपी) कलेज सम्मानित
बुधबार, असार २९ २३:१५

सुदुरपश्चिमञ्चल एकेडेमी (एसपी) कलेज सम्मानित

   
धनगढी , कैलालीको धनगढी उप महानगरपालिका स्थीत सुदुर पश्चिमञ्चल एकेडेमी (एसपीए) उत्कृष्ट कलेजबाट सम्मानित भएको छ ।

देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै एसपीए कलेजले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ । उत्कृष्ट कलेजमा राष्ट्रिय शिक्षा सम्मान पाउने एसपीए सुदूरपश्चिमको एकमात्रै कलेज हो । लगातार दोस्रोपल्ट एसपीए उत्कृष्ट कलेजमा सफल भएको हो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

बुधबार काठमाडौंमा आयोजित ‘फोकस नेपाल’ संस्थाद्वारा आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमा संस्थाले गुरुपुर्णिमा तथा भानु जयन्तिको अवसर पारेर एसपीएलाई सम्मान गरेको हो । कलेजको विद्यार्थी संख्या, परीक्षाफल, अतिरिक्त क्रियाकलाप, शिक्षा क्षेत्रमा भएको लगानी ,भौतिक पूर्वाधार, दक्ष जनशक्तिबाट अध्यापन, खेलकुद ,सामाजिक योगदान लगायत विषयको मूल्यांकन गरेर संस्थाले एसपीएलाई उत्कृष्ट घोषणा गरेको एसपीएका प्रबन्धक निर्देशक सुबास शाहीले बताए ।

२०५६ सालमा स्थापना भएको एसपीएले यस अघि पनि थुप्रै अवार्ड प्राप्त गरिसकेको छ । हाल कलेजमामा ३ हजार ५ सय बढी विद्यार्थीहरु छन भने १२५ शिक्षक लगायत कर्मचारीहरु छन । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल र विशिष्ट अतिथि प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले एसपीए कलेजलाई सम्मानपत्र प्रदान गरेका हुन ।

Sharing is caring!

Latest News

हेमन्ता भट्टराईको ‘‘मामा घर ’ तीज गीत सार्वजनिक (भिडियो सहित)
बुधबार, असार २९ २३:१५
डोटीकाे पुर्बिचौकी गाउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
बुधबार, असार २९ २३:१५