डोटीकाे पुर्बिचौकी गाउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
राज पार्की, साउन ०१, डोटी : पुर्बिचौकी गाउपालिका डोटीकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पुर्बिचौकी गाउपालिका सानागाउँ डाेटीकाे आयोजनामा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकार लागि सरोकारवालासँग सहकार्य गर्दै जनपक्षीय काम गर्ने कार्यक्रमका सभाध्यक्ष तथा पुर्बिचौकी गाउपालिकाका अध्यक्ष राम प्रशाद उपाध्यायले बताए ।
बजारमा अखाद्य सामाग्री बिक्री बितरण जस्ता किय्राकलाप नियन्त्रण गर्ने र वास्तविक पिडित वर्गलाइ सेवा सुविधा दिने कुरामा प्रतिबद्ध भएर लाग्ने उपाध्यायले बताउनु भएको छ । पुर्बिचौकी गाउपालिकाका अध्यक्ष राम प्रशाद उपाध्यायको सभाध्यक्षता, पुर्बिचौकी गाउपालिकाकाका उपाध्यक्ष पशुपति खड्काको प्रमुख आतिथ्य तथा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर खड्काको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पुर्बिचौकी गाउपालिकाकाका जनप्रतिनिधि, कर्मचारी, अधिकारकर्मी, सरोकारवाला, लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
