१९ बैशाख २०८३, शनिबार
मंगलवार, श्रावण १४ १०:५९

अत्तरियावाट चितुवाको छाला सहित दुई जना पक्राउ

सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियावाट चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कैलालीवाट खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका वडा नं ४ वाट चितुवाको दुई थान छाला सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटी बढिकेदार गाउँपालिकाका २३ बर्षिय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ बर्षिय रामबहादुर विष्ट रहेका छन् । उनीहरुलाई चितुवाको छाला सहित जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी विक्रि वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । यस बारे थप अनुसन्धान भैरहेको र आवश्यक कारबाहिका लागि डिभिजन वन कार्यालयमा पठाईने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

Sharing is caring!

Latest News

एक वर्षमा ५५११ बाइक र स्कुटर दुर्घटना, ११५ को मृत्यु सबैभन्दा बढी असुरक्षित बाइक र स्कुटर
मंगलवार, श्रावण १४ १०:५९
टान १ करोड घाटामा, कार्यकालको अन्तिम घडीमा ऋण मुक्त गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
मंगलवार, श्रावण १४ १०:५९