१२ असार २०८३, शुक्रबार
सुदूरपश्चिम महोत्सवमा विपद् सम्बन्धी नाटक प्रदर्शन
शनिबार, मंसिर २४ १५:३३

सुदूरपश्चिम महोत्सवमा विपद् सम्बन्धी नाटक प्रदर्शन

विवेक नागरी

धनगढी,२४ मङ्सिर

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा विपद् सम्बन्धी नाटक प्रदर्शन गरिएको छ । महोत्सवको तेस्रो दिन शनिवार धनगढी उप(महानगरपालिकाले सहरी विपद् तथा भृुकम्पीय प्रतिकार्य परियोजना अन्तर्गत विपद्ले पार्ने समस्या र तिनको समाधानका लागी भइरहेका प्रयास बारे नाटकमार्फत सचेतना फैलाएको हो । ३५ मिनेट प्रस्तुत भएको नाटकमा भूकम्प,बाढी पहिरो,आगलागी,शितलहर लगायतका विपद् सम्बन्धी जानकारी समेटिएको थियो । नाटकमा स्थानीय कलाकारहरूको अभिनय थियो भने नाटक व्यवस्थापनका लागी राष्ट्रिय«य परियोजना संयोजक सिद्धार्थ नरसिंह शर्मा पनि काठमाडौँबाट धनगढी पुगेका थिए । महोत्सवमा हजारौँको सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो ।

युरोपेली आयोगको आर्थिक सहयोग युएनडिपी र नेपाल रेडक्रसको प्राविधिक सहयोगमा भूकम्प तथा सहरी विपद् सम्बन्धी जनचेतनामूलक नाटक प्रस्तुत गरिएको धनगढी उप(महानगरपालिकाका प्रतिनिधि बिराज पोखरेलले जानकारी दिए । 

कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर २२ देखी धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ ।

Sharing is caring!

Latest News

सुदुरपश्चिम महोत्सव प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरे
शनिबार, मंसिर २४ १५:३३
डोटी दिपायलको भाइरल पुलको उद्घाटन
शनिबार, मंसिर २४ १५:३३