१८ बैशाख २०८३, शुक्रबार
देउडा गीत ”लाईहेल कालो टिको” प्रकाश सपूत र लक्ष्मी आचार्यको आवाजमा रिमेक (भिडियो सहित)
शनिबार, पुष ९ १८:४८

देउडा गीत ”लाईहेल कालो टिको” प्रकाश सपूत र लक्ष्मी आचार्यको आवाजमा रिमेक (भिडियो सहित)

बिबेक नागरी धनगढी , देउडा गीत “लाईहेल कालो टिको”, लाई दोहोरी ब्याटलमा लोकप्रिय गायक प्रकाश सपूत र लक्ष्मी आचार्यको आवाज रिमेक गरिएको छ।
केही नयाँ र मौलिक देउडा सिर्जनामा “लाईहेल कालो टिको”, वरिष्ठ गायक तथा सर्जक नरेन्द्रराज रेग्मीको शब्द, सङ्गीतमा लोकप्रिय कलाकार प्रकाश सपुत र लक्ष्मी आचार्य स्वर तथा अभिनयमा गीतको म्युजिक भिडियो सर्वजनिक भएको हो।कुनै बेला सुदुर पश्चिम्मा निकै रुचाइएको देउडा गीत केही नयाँ र मौलिक देउडा भिडियो तयार परिएको छ ।

सुदुरपशिमको एउटा छुटै कला मौलिकता र आफ्नै सांगितिक पहिचान रहेको देउडा गीतमा काम गरेका निर्देशक मौसम हिमालीले गीतको म्युजिक भिडियो राम्रो भनेको बताए ।आफुलाइ गीत निकै मन परेको समेत बताए । नयाँ पुस्ता आफ्नो मौलिकता जोगाइराख्न जागरुक बनून् भन्ने हेतुले यस्तो गीत ल्याएको गायिका आचार्य बताइन् । सुदूरपश्चिमको लोकभाकालाई नयाँपन दिँदै गीत तयार भएको उनले जानकारी दिइन।
गायिका तथा मोडेल आचार्यका थुप्रै गीतहरू मध्य यो गीतले पनि चर्चा कमाउनेमा उनको भनाइ छ ।
गीतको भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको हो भने छायाङ्कन नवराज उप्रेती, सम्पादन प्रवीण भट्ट र सहनिर्देशन विशाल घिमिरेका हुन। लक्ष्मी आचार्य अफिसल युटुब चाइनलबाट बजारमा आएको हो।

(भिडियो सहित)

Sharing is caring!

Latest News

डोटी दिपायलको भाइरल पुलको उद्घाटन
शनिबार, पुष ९ १८:४८
दक्षिण भारतको प्रशिद्ध विश्वविद्यालयसँग एसपीएको भागिनी सम्बन्ध स्थापना, विद्यार्थी आदानप्रदान हुने
शनिबार, पुष ९ १८:४८