१८ बैशाख २०८३, शुक्रबार
तरुण दलका नेतामाथि राति गोली सुर्खेतमा प्रहार
शनिबार, फाल्गुन १२ २२:०४

तरुण दलका नेतामाथि राति गोली सुर्खेतमा प्रहार

धनगढी : सुर्खेतमा तरुण दलका नेतामाथि गोली प्रहार भएको छ । उद्योग वाणिज्य सुर्खेतमा काँग्रेसकै दुई पक्षबिच विवादका कारण गोली प्रहार गरिएको बताइएको छ ।

सुर्खेतमा १४ गतेबाट महोत्सव लाग्ने भनिएको थियो। तर विद्यालय नजिकै भएकाले महोत्सव नलगाउन अदालतले आदेश दिएको थियो।

गोली प्रहार गराउने उद्योग वाणिज्य संघको महोत्सव लगाउन चाहनेले टोलीका रहेका छन् भने नचाहने पक्षका तरुण दलका नेता समेत रहेका अर्कालाई गोली हानिएको हो । उनीहरू बिच ठेक्काको विवाद थियो।

तरुण दलका बिनोद गिरीलाई गोली प्रहार गर्न खोजेको तर नलागेको प्रहरी जानकारी दिएको छ ।

अहिले घटनाको अनुसन्धान भैरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआइजी लालमणी आचार्यले महेन्द्रनगरपोष्टलाई जानकारी दिए।

यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काले पनि घटनाबारे बुझिरहेको र थप विवरण खुल्न बाकी रहेको बताए।

यता, उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्ष लक्ष्मण कडेलले भने गोली प्रहारबारे गलत प्रचार गरिएको दाबी गरेका छन्। घटनामा आफूहरुको संलग्नता नरहेको बताउँदै निष्पक्ष छानबिनको मागसमेत गरेका छन्।

Sharing is caring!

Latest News

निश्चल र एलिजा जोडी बाँधेर समुद्रले नयाँ फिल्म बनाउने
शनिबार, फाल्गुन १२ २२:०४
चर्चा फिल्मको ‘अगत्स्य’ ?
शनिबार, फाल्गुन १२ २२:०४