नेपाल तरुण दलद्वारा दृष्टि फाउन्डेसनलाई खाद्य सामग्री सहयोग
धनगढी, नेपाल तरुण दल धनगढी नगर समिती कैलालीले दृष्टि फाउन्डेसनमा खाद्य सामग्री सहयोग गरेका छन् । शनिवार धनगढी उपमहानगरपालीका वडा नम्बर १३ मा रहेको फाउन्डेसनमा खाद्य बस्तुको आवश्यकता लाई मध्यनजर राख्दै तरुण दल धनगढीले खाद्यान्न सहयोग गरेको हो ।
नेपाल तरुण दल धनगढी नगर समिती का अध्यक्ष खगेन्द्र सिंहले चामल, तेल, बिष्कुट ,चिउरा आदि लगायतको खाद्यान्न सहयोग गरिएको जानकारी दिए । अध्यक्षले सोही दिन फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको जन्मदिन परेकाले खाद्यान्न सहयोग गर्दै जन्मदिनको शुभकामना दिएको बताए। जन्मदिनको अवसरमा तरुण दलका युवाहरूले असहाय महिलाको अभिभावक भट्ट रहेको भन्दै धन्यवाद दिदै कार्य सफलताको शुभकामना ब्यक्त गरेका थिए। साथै नेपाल तरुण दलका कैलालीका अध्यक्ष निराजन खडका , तरुण नेता,नवीन रावल,मिलन पाण्डे , जनक खडका जंग चोखाल लगाएको उपस्थिति रहेको थियोे ।
दृष्टि फाउन्डेसन असहाय महिलालाई आश्रय दिएको सामाजिक संस्था हो। यस्तै दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले खाद्यान्न सहयोग गरेको भन्दै तरुण दल धनगढी उप महानगर समितीलाई धन्यवाद दिइन्। आफ्नो जन्मदिन मनाउँदै केही सहयोग गरेर जाने आज मेरै जन्मदिन मनाएर खाद्यान्न सहयोग गरेकोमा खुसी हुँदै अध्यक्ष भट्टले तरुण दललाई धन्यवाद समेत दिइन्। अध्यक्ष भट्टले तरुण दलको राजनैतिक यात्रामा लम्किएका पाइलाहरुले सफलताको शुभकामना दिएकी छिन्। खाद्यान्न सहयोग कार्यक्रममा तरुण दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। नेपाल तरुण दालले विभिन्न कार्यक्रम गर्दै आइरहेको तरुण नेता नवीन रावलले बताए । समाज परिवर्तन गर्न तरुण दल लागी परिरहेको नेता रावलले बताए
