हावाहुरी पिडितलाई ग्लोवल आईएमई र लक्ष्मी बैंकको सहयोग
जेठ २३ गते आएको हावाहुरी पिडितहरुलाई राहत वितरणका लागि ग्लोवल आईएमई बैंक र लक्ष्मी विकासले सहयोग गरेको छ ।
ग्लोवल आईएमई बैंकका प्रदेश कार्यालय प्रमुख महेन्द्र अधिकारी लक्ष्मी बैंकका प्रवन्धक दिवाकर जोशीले सोमबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशिला मिश्र भट्ट र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटालाई हावाहुरी पिडितका लागि भन्दै १÷१ लाखको चेक हस्तान्तरण गरेका हुन ।
ग्लोवल आईएमई बैंकले एक र लक्ष्मी बैंक एक गरि सोमबार मात्रै दुईलाख रुपियाँ जमा भएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले हावाहुरीको घाउमा मलम लगाउनका लागि सहयोग गर्ने बैंक प्रति आभारी भएको बताए । उनले भने, सबै सहयोगि हातहरुलाई धन्यवाद दिन चाहन्छु । प्राप्त रकम बिपदमा परेकाहरुलाई उपलब्ध गरिने बताए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले पिडामा सहयोग गर्ने बैंक तथा वित्तय संस्थाहरु धन्यवादका पात्र भएको बताईन । धनगढीमा रहेका बैंक तथा वित्तय संस्थाहरुका साथै अन्यत्रबाट सहयोग गर्ने संस्था र ब्यक्तिले उप–महानगरपालिकालाई पिडामा मलम लगाएर गुन लगाएको पनि उप–प्रमुख भट्टले बताईन ।
ग्लोवल आईएमई बैंकका प्रदेश कार्यालय प्रमुख महेन्द्र अधिकारीले बिपदमा परेकाहरुलाई सहयोग गर्नु सबैको दायत्वि भएको बताए । मानवीयता र सामाजिक उत्तरदायीत्वका क्षेत्रमा ग्लोवल आईएमई बैंक बैंकले सधै सहयोग गर्ने बताए । हावाहुरी पिडितलाई भन्दै बैंक तथा वित्तय संस्थाबाट अहिले सम्म झण्डै १० लाख रुपियाँ सहयोग भएको उप–महानगरले जनाएको छ ।
फोटो क्याप्सन ः चेक हस्तान्तरण कार्यक्रम ।
