१९ बैशाख २०८३, शनिबार
बुधबार, श्रावण २२ १७:५५

ईन्सिच्युट अफ हस्पीटालीटी एण्ड ईन्फरमेसन टेक्नोलोजी सञ्चालनमा विद्यार्थीहरुको स्वागत कार्यक्रम आयोजना


ईन्सिच्युट अफ हस्पीटालीटी एण्ड ईन्फरमेसन टेक्नोलोजी सञ्चालनमा आएको छ । धनगढीमा होटेल म्यानेजमेन्टको पढाई हुने ईन्सिच्युट अफ हस्पीटालीटी एण्ड ईन्फरमेसन टेक्नोलोजी सञ्चालनमा आएको हो । सिटीईभिटीबाट मान्यता प्राप्त तथा वेलायतको ओथम क्वालिफीकेशन र सिंगापुरको सिटी मेट्रो पोलिसियन कलेजको सम्बन्धनमा होटेल म्यानेजमेन्टको पढाई सुरु गरिएको हो । ओथम क्वालिफीकेशनले सिटी मेटो पोलिसियन कलेजलाई एसियाका देशहरु हेर्ने जिम्मेवारी दिएको छ । योसँग सम्बन्ध पाएर नेपालमा ८ वटा कलेज सञ्चालनमा रहेकोमा धनगढीमा पनि कलेज थप भएको हो ।

सईई तथा प्लस टु पढेका विद्यार्थीहरुले १८ महिने होटेल म्यानेजमेन्टको पढाई एक लाख ७० हजारमा पढ्न पाउने ईन्सिच्युट अफ हस्पीटालीटी एण्ड ईन्फरमेसन टेक्नोलोजीका प्रवन्ध निर्देशक अर्जुन रोकायाले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई चीनको शैक्षिक परामर्शदाता कम्पनी विपीएक्सआईको समन्वयमा ईन्टनरसीपका लागि त्यहाँ समेत पठाईने रोकायाले बताउनुभयो ।

ईन्सिच्युट अफ हस्पीटालीटी एण्ड ईन्फरमेसन टेक्नोलोजी सञ्चालनमा आएसँगै पहिलो व्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम गरी स्वागत गरिएको छ । सविन रोकायाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभाका सदस्य डिल्लीराज पन्त रहनुभएको थियो । कार्यक्रमका विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिका मेयर नृप ओड रहनु भएको थियो ।

कार्यक्रममा सिंगापुरको सिटी मेट्रो पोलिसियन कलेजका सिईओ डाक्टर जेम्स, चीनको शैक्षिक परामर्शदाता कम्पनी विपीएक्सआईकी अन्तराष्ट्रिय मामिला निर्देशक जोई याङ तथा ओथम क्वालिफीकेशनका नेपाल प्रमुख अर्जुन प्रधान लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा ईन्सिच्युट अफ हस्पीटालीटी एण्ड ईन्फरमेसन टेक्नोलोजीले पढाई रहेको कोर्ष तथा सम्बन्ध र सहकार्य गरिएका कलेज र संस्थाहरुको वारेमा विद्यार्थीहरुलाई जानकारी दिईएको थियो ।

Sharing is caring!

Latest News

हावाहुरी पिडितलाई ग्लोवल आईएमई र लक्ष्मी बैंकको सहयोग
बुधबार, श्रावण २२ १७:५५
किसानलाई अनुदानमा च्यापकटर वितरण
बुधबार, श्रावण २२ १७:५५