१० असार २०८३, बुधबार
रित्तिँदै नेपालका बिश्वबिद्धालय जोगाउने कसले??
आईतवार, चैत्र २५ १२:४१

रित्तिँदै नेपालका बिश्वबिद्धालय जोगाउने कसले??

गीता शर्मा ।दाङ
कुनै समय बिध्यार्थीहरुले भरिभराउ हुने त्रिभुवन बिश्वबिद्धालयका बिभागहरु अहिले रित्तिने अवस्थामा छन, त्रीबीका केन्द्रिय बिभाग मात्र होइन त्रि बि अन्तर्गतका आङ्गिक र सामुदायिक क्याम्पस हरुको हबिगत पनि त्यस्तै छ , त्रि बिमा सुपथ शुल्कमा अध्यापन हुने विज्ञान , इन्जिनियरिङ, ब्यब्स्थापन बिषयमा समेत विद्यार्थीहरूको कोटा पुर्‍याउन धौ धौ परिरहेको छ, भने निजी स्तरबाट सञ्चालित त्रि बि सम्बन्धन प्राप्त कजेलहरुको त हरिबिजोग नै छ ,हिजोका दिन लाखौँ बिध्यार्थीहरुले अध्ययन गर्ने त्रिबिमा विद्यार्थीहरू तीव्र गतिमा घटिरहेका छन, कोही भर्ना हुने बितिक्कै सिफारिस पत्र लिएर कन्सल्टेन्सी तिर जान्छन् भने कोही छोडेर अन्तै बाटो लाग्छन्, हुन त नेपालको बिश्व बिद्धालयका उत्पादन हरू विश्वका महत्त्वपूर्ण ठाउँ मा छन, त्रि बि को गुणस्तरमा औला उठाउने ठाउँ त्यति छैन ,त्रिभुवन बिश्व बिद्धालयबाट उत्पादित जनशक्तिले विश्वका हरेक ठाउँमा ख्याति कमाएकै छ , मेडिकल क्षेत्रमा त्रिभुवन बिश्वबिद्धालय अब्बल छ, इन्जिनियरिङ , व्यवस्थापन तथा शिक्षा शास्त्र सङ्काय म पनि त्रि बि को गुणस्तरमा कमी छैन, भौतिक संरचना र जनशक्तिको पनि कमी छैन तर पनि त्रि बि मा यसरी दिनानुदिन विद्यार्थी घट्नुको पछाडिको मुख्य दोषी त्रि बिको फितलो व्यवस्थापन पहिलो नम्बरमा आउँछ , न समयमा परीक्षा न समयमा नतिजा, न समय मा प्रमाणपत्र ,अहिले त्रि बि मात्र होइन अन्य बिश्वबिद्धालय हरुको हबिगत पनि उस्तै छ, प्राविधिक विद्यार्थी हरुले धानेका पोखरा र पूर्वाञ्चल बिश्वबिद्धालयहरू पनि सुक्ने अवस्थामा छन।
अहिले नेपालमा च्याउसरि खुलेका विदेशी बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरूले चर्को शुल्कमा नेपाली विद्यार्थीहरूलाई लुटिरहेका छन, यसमा नियामक निकाय मौन छ, त्रि बि मा ५०० शुल्क वृद्धि गर्दा पनि आगो बाल्ने विद्यार्थी सङ्गठनहरू विदेशी बिश्वबिद्धालयको लुटतन्त्रमा मौन छन, सरकारी निकाय मौन छ,
अझ विदेशी बिश्वबिद्धालय को ३ बर्से कोर्स लिई त्रि बिले आफ्नो ४ वर्षे सरहको समकक्षता दिने गर्दछ।
त्रि बि नेपालको शिक्षा क्षेत्रको एउटा मियो हो तर त्रि बिको फितलो व्यवस्थापन ले नै नेपालको शिक्षा प्रणालीलाई ओरालो लाग्न थालिसकेको छ , शिक्षा प्रणाली सुधार्ने भनेर सधैँ भिसी रेक्टर रजिस्टार हरू आउँछन् तर उनीहरू आफ्नो कार्यकाल सक्काउने बाहेक त्रि बिको व्यवस्थापन सुधार्न सम्झन लायक कुनै कार्य गर्दैनन्। नेपाली बिश्वबिद्धालयहरूले उत्पादन गरेका विद्यार्थीहरूले नेपाली बजारमा उचित भूमिका नपाउँदा पनि विद्यार्थीहरू विदेशी बिश्व बिद्धालय प्रति आकर्षित भएका वा बिदेसिएका देखिनछन् तर त्यो भन्दा झन् समस्या हाम्रा बिश्वबिद्धालयहरू मा छ, न समय सापेक्ष पाठ्यक्रम परिमार्जन छ न प्राबिधी मैत्री परीक्षा छ त्यसबाट पनि विद्यार्थी हरू आजित भएर बिदेसिँदै छन।। नेपालको शिक्षा प्रणाली कमजोर नभएपनी विद्यार्थीहरूले नेपालमा आफ्नो भविष्य नदेख्दा र नेपाली बिश्वबिद्धालय हरूले व्यवहारिक सीप ज्ञान भन्दा सैद्धान्तिक पक्षलाई मात्र बढी हेर्दा नेपाली विद्यार्थी हरू बिदेसिँदै छन। अहिलेको पुस्ताले हरेक दृष्टिले स्वतन्त्रता खोज्छ अभिभावकको दबाबमा बस्न रुचाउँदैन त्यो पक्ष लाई पनि हाम्रो समाजले गहन अध्ययन गर्न जरुरी छ, यहाँ एक अर्का को टाउकोमा दोष थुपार्दा थुपार्दै परिस्थिति आजको दिन सम्म आइपुगेको छ र अझै विकराल बन्दै जाने छ ,
यसरी नेपालको अर्थतन्त्र बाहिरिँदै गर्दा, जनशक्ति बाहिरिँदै गर्दा यसको समाधान का लागि सबै पक्षले बेलै नसोच्ने हो भने अवस्था विकराल आउँदै जाने छ ।
आखिर सरकारले नेपाली विद्यार्थीहरूलाई स्वदेश मै रोक्ने नीति ल्याउने कि नल्याउने ? हामीले हाम्रो बिश्वबिद्धालयको गरिमै जोगाउन लाग्ने कि नलाग्ने ? हामीले हाम्रो मनस्थिति परिवर्तन गर्ने कि नगर्ने आज प्रश्न यहाँ आएर रोकिन्छ? यस्का लागि त्रि बि नेतृत्व र बिश्वबिद्धालयका सबै सरोकार वाला पक्ष इमानदार भएर लाग्न जरुरी छ।
( लेखक नेपाली काङ्ग्रेस प्रचार बिभाग सदस्य तथा नेपाली काङ्ग्रेस कि युवा नेत्री हुन)

Sharing is caring!

Latest News

अस्कर ईन्टरनेशनल कलेजद्वारा धनगढीमा चलचित्र शाक्षरता कार्यशाला सम्पन्न
आईतवार, चैत्र २५ १२:४१
डिग्री माइलाको पोखरामा पत्रकार सम्मेलन, सिनेमाबाट आशावादी निर्माण पक्ष
आईतवार, चैत्र २५ १२:४१