मंगलवार, श्रावण २८ ११:०९
‘मोर हजुर’ बोलको थारु भाषाको म्युजिक भिडियो सार्वजनिक
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लास्थित विभिन्न रमणीय स्थलमा छायाङ्कन भएको मोर हजुर बोलको थारु भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । सीएस फिल्म्स् प्रालि धनगढीले मोर हजुरलाई सार्वजनिक गरेको हो । उक्त म्युजिक भिडियो सुदूरपश्चिमको बझाङ, बैतडी, डडेल्धुरा र डोटीमा छायाङ्कन गरिएको थियो । म्युजिक भिडियोमा प्रदेशको पहाडी जिल्लास्थित रमणीय र पर्यटकीय सथ्लहरुमा मोडल जगत गुरु र ऋतु चौधरीको रोमान्स कैद गरिएको छ ।

छायाङ्कन, निर्देशन रस म्पादन सतिश सिन्हाले गरेका छन् । गीतमा अन्नु चौधरी र मोहन दहितको स्वर रहेको छ । गणेश चौधरीले कम्पोज र एरेञ्ज गरेका छन् ।
