प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले शारीरिक तन्दुरुस्तका लागि थाल्यो जुम्बा अभियान
धनगढी,शारीरिक तन्दरुस्त बनाउनका लागि जुम्बा अभियान थालिएको छ ।सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढीले जुम्बाआयोजना गरेको हो। सहर मात्र नभई गाउँ गाउँमा जुम्बा डान्स अभियान थालेको हो । शनिबार डडेलधुरा परशुराम नगरपालिका भित्री मधेश वडा नम्बर ७ मा रहेको शिवशंकर माध्यमिक विद्यालय साननीमा स्कुलको वार्षिक उत्सव समारोहमा प्रवर्द्धन केन्द्रले विद्यार्थीहरूलाई जुम्बा सिकाएको हो। विद्यार्थीलाई स्वास्थ्य हानिकारक धुम्रपान मध्यपान तमाखुपान जस्ता कुलतबाट विद्यार्थीलाई टाढा रहन समेत कार्यक्रममा प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काले प्रतिबद्धता गर्न विद्यार्थीहरूलाई आग्रह समेत गरे।
यस्तै प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काले वार्षिक उत्सवमा विद्यार्थीहरूले शारीरिक व्यायाम , जुम्बा जम्मा गर्न र कुलतबाट टाढा रहन आग्रह गरेकी हुन्। सो कार्यक्रममा स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यदूत रहेका चर्चित गायक महेश आउजीले गीत प्रस्तुत गरेका थिए। जुम्बा प्रशिक्षक सुनिता थापाको उपस्थिति रहेको थियो।
