धनगढीमा फिल्म ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ
बुधवारबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । त्यस्तै सुदूरपश्चिमको धनगढीमा रहेको एसटीएस सिनेमामा लाज शरणम्’लाई दुई वटा शो प्राप्त हो। दर्शकको अत्याधिक माग पश्चाताप सो पाएको हो शनिबार लाज शरणम्’का कलाकार अर्जुन घिमिरे। अर्थात् पाँडे र कलाकार गजित बिष्ट धनगढीको एसटीएस हलमा पुगेका हुन् ।देशभर फिल्मको प्रतिक्रिया लिने क्रममा धनगढीमा पनि दर्शकको साथ राम्रो पाएको भन्दै कलाकार अर्जुन घिमिरेले बताए। उनले बिहानीको पहिलो शो दर्शकहरू सँगै फिल्मको प्रतिक्रिया लिएका थिए।फिल्ममा सुन्दर कर्णालीको दृश्य पनि दर्शकले मन पराएका बताएका छन् ।फिल्ममा काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश छन् ।
जसले दर्शकको मन जितिरहेको छ । सुन्दर कर्णालीको दृश्य समेटिएको फिल्म मा कर्णालीका सुन्दर सिन समावेश छन् । कर्णालीका सुन्दर हिमाल, खर्क र पठारले दर्शकको ध्यान खिच्छ ।कर्णालीका दुःख मात्रै फिल्ममा छैन । प्राकृतिक रूपमा सुन्दर कर्णालीका मनोरम दृश्य र सुन्दर मन भएका मान्छे पनि छन् । भन्ने सन्देश प्रवाह गरेको कलाकार अर्जुन घिमिरे अर्थात् पाण्डेले बताए। उनले फिल्ममा केही लामा दृश्य भएका सम्पादन गरी १८ मिनेट जति फिल्म घटाइएको उनले बताए।फिल्मले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् ।
