जेशिका ईन्टरटेन्टमेन्ट (फिल्म) को शाखा लम्कीमा
कैलालीको लम्कीमा जेशिका ईन्टरटेन्टमेन्ट (फिल्म) को शाखा कार्यालय सञ्चालनमा आएको छ । यस क्षेत्रको कलाकारिताको उजागर गरी राष्ट्रिय स्तर सम्म कलाकारलाई पुरयाउन जेशिका ईन्टरटेन्टमेन्ट (फिल्म) को शाखा कार्यालय सञ्चालन ल्याईएको हो । कला,संस्कृति र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण सुदुरपश्चिममा कलाकारहरुलाई आवश्यक पर्ने फिल्मी सामाग्रीहरु यस क्षेत्रमै उपलब्ध नहुदा यहाका कलाकारहरुले काठमाण्डौ धाउनु पर्ने बाध्यता
परिस्थितीको अन्त्यक गर्न ो जेशिका ईन्टरटेन्टमेन्ट (फिल्म) को शाखा सञ्चालनमा ल्याईएको शाखा सञ्चालक गंगा भुजेलले जनकारी िदए ।

अव यस क्षेत्रका कलाकारहरुले ठुलो तथा सानो पर्दाको चलचित्र,डकुमेन्ट्री,म्युजिक भिडियो निर्माण गर्न चाहेको खण्डमा सम्पुर्ण सामाग्रीहरु उपलब्ध हुने भुजेलले जानकारी दिनु भएको छ । चलचित्र,डकुमेन्ट्री,म्युजिक भिडियो निर्माणका लागी ड्रोन, फोर–के , रेडक्यामरा,लाईट लगाएतका सम्पुर्ण सामाग्री रहेको समेत उहाले बताउनु भयो ।
युवा दिवसको अवसरमा यस क्षेत्रका अग्रज कलाकार,साहित्यकार र कला तथा साहित्यीक प्रेमिहरुको उपस्थितिमा सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य रतन बहादुर थापाले शाखा कार्यालयको उत्घाटन गर्नु भएको थियो । जेशिका ईन्टरटेन्टमेन्ट (फिल्म) प्रा.लि को केन्दीय कार्यालय काठमाण्डौ हो भने यसका प्रबन्धक निर्देशक जनक राज अधिकारी हुन ।
