कैलारी गाउँपालीका वडा नम्बर ७ कटैनी नदीमा सडकपुल निर्माणका लागी ९ करोड ७१ लाख स्रोत सुनिश्चित
कैलारी,चैत्र १४। कैलारी गाउँपालीका वडा नम्बर ७ रामपुरमा पुल निर्माणका लागी बजेट सुनिश्चीत गरिएको छ।
कैलारी गाउँपालीका वडा नम्बर ७ कटैनी नदीमा सडकपुल निर्माणका लागी ९ करोड ७१ लाख स्रोत सुनिश्चित गरिएको जनाइएको छ। कैलारी गाउँपालीका ७ को वडा बासिको सयौँ बर्ष देखीको सडकपुल बन्ने सपना पुरा हुने भएको वडा अध्यक्ष दिपेन्द्र बलमे बताए।
पालिकामा बजेट परेपछि वडा अध्यक्ष बमले वडाबासी, स्थानिय तथा प्रदेश सरकारलाई धन्यवाद दिएका छन्।उनले भने,बहुबर्षिय ठेक्का अनुसार काम हुनेछ, २ या तिन बर्षमा निर्माण कार्य सम्पन्न हुन्छ,उनले भनेः,यो पुल निर्माण गर्न बजे सुनिश्चित भएपछि बर्षौँ देखीको बडाबासीको सपना पुरा भएको छ। सडकपुल नहुँदा स्थानियलाई ओहोरदोहोर गर्न निकै समस्या थियो। उक्त पुल निर्माण गरिदिन भन्दै बिगत लामो समय देखी माग गर्दै आएकोमा बल्ल प्रयास सफल भएको बताए।
वडा बासिको १०० आँै बर्षको सपना पुरा गर्नमा सुदुरपश्चिमका मुख्यमन्त्रि कमल बहादुर शाह, माननिय मन्त्री,पुर्ब मन्त्री प्रकास बहादुर देउवाको बिशेष पहल रहेको भन्दै वडा अध्यक्ष बलमे धन्यवाद दिए।यस्तै,अर्थमन्त्रि माननीय बहादुर थापा,घनश्याम चौधरी,भौतिक सचिव सुरत बम,भौतिक पूर्वाधारका प्रमुख रामचन्द्र खत्रि र कैलारि गाउँपालिका प्रमुख राज समझ चौधरी,उपप्रमुख भगवति कुमारी चौधरीलगायत सम्पुर्ण सहयोगीलाई धन्यबाद ब्यक्त गरेका छन्।
पटक पटक कैलारी बासीले बर्षातको बेला स्थानियलाई ओहोरदोहोर गर्न निकै समस्या भोग्नु परेको थियो । सडकपुल निमार्णका लागी सरकारले बजेट सुनिश्चीत गरेपछि काम अघि बढ्नेमा स्थानियमा आशा पलाएको छ ।
