१९ बैशाख २०८३, शनिबार
बिहीबार, श्रावण ३० ०९:३२

सेती अस्पताल विकास समितिको अध्यक्षमा जोशी

धनगढीस्थित सेती अस्पताल विकास समितिको अध्यक्षमा नेकपा कैलालीका नेता दुर्गाप्रसाद जोशी नियुक्त भएका छन ।
जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अध्यक्ष पदमा नियुक्त गरेको हो । 
अध्यक्षमा नियुक्त भएका जोशीले अस्पताललाई कसरी राम्रो बनाउन सकिन्छ विस्तृत अध्ययन गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए । म राम्रोसंग अस्पतालका राम्रा विषय र समस्या बारे बुझेर समाधान खोज्ने गरेर अध्ययन गर्छु उनले भने । 
जोशी गत स्थानीय चुनावमा तत्कालिन नेकपा (एमाले) बाट धनगढी उपमहानगरपालिकाका मेयर पदका प्रत्यासी थिए । उनले स्कुल र होटल मेनेजमेन्ट सम्वन्धी क्याम्पस पनि सञ्चालन गरेका छन ।

Sharing is caring!

Latest News

कृष्णपुर नगरपालिकामा स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ता
बिहीबार, श्रावण ३० ०९:३२
बडिमालिका दर्शन पछी जनै पूर्णिमा नाट्यस्वरीमा दर्शनार्थीहरुको घुइचो
बिहीबार, श्रावण ३० ०९:३२