१७ बैशाख २०८३, बिहीबार
पाचौं भजहर कपको उपाधि गौरीगंगा ११ स्पोर्टस क्लबलाई
बिहीबार, बैशाख २५ १५:०८

पाचौं भजहर कपको उपाधि गौरीगंगा ११ स्पोर्टस क्लबलाई


धनगढी, वैशाख २५ ।
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भएको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लबले जितेको छ । लोहरपुर खेल मैदानमा भएको फाईनल खेलमा आयोजक श्री जनहित क्लब बी लाई हराउँदै गौरीगंगा च्याम्पीयन भएको हो । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको पाचौं संस्करणको फाईनलमा गौरीगंगाले आयोजक बी लाई २–० ले हराएको हो । विजेता भएसँगै गौरीगंगाले नगद एक लाख सहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक श्री जनहित क्लब बी ले ५० हजार नगद सहित ट्रफीमा चित्त बुझाएको छ ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ ।

सुदुरपश्चिम चिकित्सक संघका निवर्तमान अध्यक्ष तथा बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्र लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार गरेका थिए । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको थियो । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिएको थियो ।

Sharing is caring!

Latest News

‘राम नाम सत्य’मा सुशील श्रेष्ठ अनुबन्धित
बिहीबार, बैशाख २५ १५:०८
महानायक हमालको कमब्याक,फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
बिहीबार, बैशाख २५ १५:०८