१८ बैशाख २०८३, शुक्रबार
‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने
शनिबार, जेष्ठ १७ २२:१८

‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने

सही समय खोज्दै चलचित्र महाभोज ,विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ । यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे ।

निर्देशक राउतले भने, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ ।’
उनले थप भने, ‘अब चलचित्र जेठ ३० गते रिलिज हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ । त्यसैले यही मितिमा नजिकको हलमा ‘महाभोज’ हेर्न नबिर्सिनु होला ।’
चलचित्र ‘महाभोज’ मा समावेश कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयले दर्शकमा चासो पैदा गरिरहेको छ। यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका प्रमुख अभिनय रहेको छ। क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

Sharing is caring!

Latest News

‘अब निरन्तर फिल्ममै लाग्नेछु’ — महानायक राजेश हमाल
शनिबार, जेष्ठ १७ २२:१८
प्रज्ञा प्रतिष्ठानद्वारा पत्रकार जोशी सम्मानित
शनिबार, जेष्ठ १७ २२:१८