राष्ट्रिय संगीतकर्मी संघ प्रवास भारतको पहिलो अधिवेशन तथा ठाडी भाका र नृत्य प्रतियोगिता यही जुन २२ मा बैंगलोरमा
बैंगलोर, भारत – राष्ट्रिय संगीतकर्मी संघ प्रवास भारतको प्रथम अधिवेशन तथा ठाडो भाका प्रतियोगिता र नृत्य प्रतियोगिता यही आउँदो जुन २२ तारिख शनिबारका दिन बैंगलोरको शान्तिनगरमा आयोजना हुँदैछ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा चर्चित गायक प्रकाश कटुवाल रहने छन्। विशिष्ट अतिथिका रूपमा संघका सुदूरपश्चिम अध्यक्ष नीलगगन रोशन सिंह तथा केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज ऐन दौल्याल उपस्थित हुनेछन्।
प्रतियोगिताको निर्णायक मण्डल
ठाडो भाका प्रतियोगितामा चर्चित देउडा गायक भुवन दाहाल, गायिका शोभा थापा र गायक कटक नेपाली निर्णायकका रूपमा रहनेछन्।
नृत्यतर्फ निर्णायकको भूमिकामा नरेश कुमार एम, राज बिसी र डान्सर सञ्जय जि रहनेछन्।
पुरस्कारको व्यवस्था
ठाडो भाका र नृत्य दुबै विधाका प्रतियोगिताहरूमा समान पुरस्कारको व्यवस्था गरिएको छ।
प्रथम पुरस्कार: रु. ५,००० ,द्वितीय पुरस्कार: रु. ३,०००,तृतीय पुरस्कार: रु. २,०००,सान्त्वना पुरस्कार: रु. १,००० ठाडो भाका र नृत्य दुवै विधामा १३–१३ जना प्रतियोगीहरू सहभागी हुने आयोजकहरूले जनाएका छन्।
कार्यक्रम व्यवस्थापन
कार्यक्रम संयोजक राष्ट्रिय संगीतकर्मी संघ प्रवास भारतका संस्थापक अध्यक्ष तथा कर्नाटक राज्य समिति (बैंगलोर शाखा) अध्यक्ष अबिनाश थापा काजी तथा महासचिव समीर बोहरा रहेका छन्।
कार्यक्रम सञ्चालकको भूमिका ध्वज धानुकले निभाउनेछन्। प्रमुख व्यवस्थापक सागर कुमार, व्यवस्थापक नवराज बिष्ट, बाउन्सर प्रमुख दान बी. ओड, र सहयोगी महादेव भण्डारी रहनेछन्।
कार्यक्रम नयाँ प्रतिभाशाली कलाकारहरूलाई प्रोत्साहन र सम्मान गर्न तथा मौलिक कला संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकहरूले बताएका छन्। भारतमा पहिलो पटक यति ठुलो स्तरमा हुने यो सांगीतिक तथा नृत्य प्रतियोगिता कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ।
